विद्याको आक्रोश « Yalambar Times
१९ श्रावण २०८२, आईतवार

विद्याको आक्रोश


यलम्वर टाइम्स
१९ श्रावण २०८२, आईतवार १८:३२

नेकपा एमालेभित्र बहुसंख्यक नेताहरुले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन नहुने तर्क राखिरहँदा श्रावण १० गते भण्डारीले पत्रकार सम्मेलन गर्दै एक पक्षीय गुटले बार लगाउनु सूर्यलाई हत्केलाले छेक्नु सरह हो भन्ने तर्क अगाडि सारेकी छिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्कलाई खण्डन गर्दै भण्डारीले भनिन, ‘संविधान, ऐन, कानुन र पार्टीको लोकतान्त्रिक मूल्य विपरीत मलाई छेक्नु संगठनलाई क्षति पुग्ने कार्य हो । आफू यसअघि पूर्व उपाध्यक्ष भएर संगठनलाई उचाइमा ल्याएको हुँदा आज पार्टीको अवस्था उच्च स्थानमा चुलिएको हो तर छेक्ने काम भयो भने एमालेभित्र राजनीति लडाइ रहनेछ ।

कडा आक्रोश व्यक्त गरेको चार दिन नबित्दै पार्टीले कुनै पनि जिल्ला, प्रदेश वा स्थानीय तहमा भण्डारीबारे छलफल नगर्न एमालेले पार्टीभित्र दबाब दिएपछि यतिबेला भुसको आगो जस्तै बढ्दै गएको एमालेभित्र तर्क छ । नेपालको संविधानले उच्च स्थानमा पुगेका पदाधिकारीलाई राजनीतिमा आउन बन्देज नभएकै कारण भण्डारीलाई राजनीतिमा आउन सजिलो भएको हो । अझ पार्टी सदस्य नविकरण नगर्ने पार्टी पंक्तिबाट आवाज उठेपछि भण्डारीले एमाले पंक्तिभित्र राजनीतिक लडाईमा साथ दिन कार्यकर्तालाई आह्वान गरिन् ।

विद्या राजनीतिमा आउन एमालेभित्रका पीडित नेताहरुको सहयोग देखिन्छ । विपक्षमा कुरा गर्दैमा छेकबार लगाउनु र कुनै पनि पद जिम्मा नदिनुले अधिराज्य भरीका त्यस्ता थुप्रै कार्यकर्ता यतिबेला भण्डारीलाई मौन समर्थन दिएका छन् । जसरी पार्टी अध्यक्षलाई संगठनिक फोन आउछ । त्यसरी नै विद्यालाई पनि चारै क्षेत्रबाट फोन र सल्लाह दिनेको ओहिरो छ । यस्तो अवस्थामा पार्टीभित्र छेकथुन गर्नुभन्दा मिलाएरै लान उचित हुने कार्यकर्ताहरुको तर्क छ । तर, अध्यक्ष पक्षका नेताहरु भण्डारी छेक्न लाग्नुको पछाडी के रहस्य छ ? त्यो बाहिर आउँदै छ । त्यसतर्फ तमाम् कार्यकर्ता सचेत हुन जरुरी देखिन्छ । चेतना भया ।