अर्जुनधारामा कुष्ठरोग सम्बन्धि अभिमुखीकरण « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

अर्जुनधारामा कुष्ठरोग सम्बन्धि अभिमुखीकरण


यलम्वर टाइम्स
५ असार २०७५, मंगलवार ०९:२६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले कुष्ठरोग अभियान सम्बन्धी अभिमुखीकरण तथा सुक्ष्म कार्ययोजना सम्बन्धी एकदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाका उपप्रमुख कमला खतिवडाले अध्यक्षता गरेको कार्यक्रममा सहजीकरण स्वास्थ्य संयोजक मुकुन्द बस्नेत र मिश्रीलाल शर्माले गरेका थिए ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडाअध्यक्षहरु क्रमश रघुनाथ खनाल, जीवन कुमार भण्डारी, दुर्गा दाहाल, पुष्प प्रसाई, बलदेव गोम्देन, भैरव खड्का, कार्यपालिका सदस्य दिलीप गुरुङ्ग, दिलमाया दास, रमेश त्रिखत्री लगायत अन्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने र मासु र स्नायु लट्ठिने भएकाले रोगीले उपचारमा बेवास्ता गर्दा कुष्ठरोग निवारणमा समस्या आइरहेको स्वास्थ्य संयोजक बस्नेतले बताए ।

शरीरका विभिन्न अङ्गमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, छाला वा घाउमा घोच्दा समेत नदुख्नु यस रोगका लक्षण हुन् ।

झापा जिल्लामा ५ सय २१ जनाले कुष्ठरोगको औषधि सेवन गरिरहेको र नियमित औषधि सेवनबाट रोग निको हुने बताइएको छ ।