१५ औं साधारणसभामा अभियानको प्रशंसा « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

१५ औं साधारणसभामा अभियानको प्रशंसा


यलम्वर टाइम्स
१९ भाद्र २०७५, मंगलवार ०९:३०

अर्जुनधारा । ‘सामाजिक उत्तरदायित्व र संस्थागत सवलीकरण दीगो विकास लक्ष्यहरुमा हाम्रो प्राथमिकरण’ भन्ने मूल नाराका साथ अभियान नेपालले १५ औं साधारण सभा अर्जुनधारा–११ स्थित सालबारीमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सांसद बृख प्रधानले उद्घाटन गर्दै ग्रामीण क्षेत्रमा अभियानले सामुदायिक शसक्तिकरण र गरिबीको रेखामुनी परेका नागरिकलाई आवास निर्माण लगायत थुप्रै काम गर्ने सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

सांसद प्रधानले आयश्रोत हुनेले कर तिर्ने बताउँदै ‘कर करको होइन रहर’को विषय बन्नु पर्नेमा जोड दिए ।

‘विदेशबाट ऋण सहायता लिएको विषयमा नागरिकलाई चासो छैन्’ प्रधानले भने, ‘कर प्रणाली मुलुक समृद्ध बनाउने आधार हो । सबै नागरिकले करलाई आफ्नो कर्तव्यको रुपमा लिनुपर्छ ।’

सांसद प्रधानले विकसित देशहरु नागरिकले कर तिरेर मात्र मुलुक समृद्ध बनेको चर्चा गर्दै कर तिरेको रकम कुन क्षेत्रतर्फ जाँदैछ आम नागरिकले विशेष चासो दिनुपर्ने बताए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पशुचौपया उपहार वितरण, महिला सशक्तिकरणको क्षेत्रमा साविक खुदुनाबारीमा अयिभान केन्द्रित भएको आफूले बुझेँको बताउँदै सिङ्गो अर्जुनधारा नगर क्षेत्रलाई केन्द्रमा राखेर कार्यक्रम तय गर्न सुझाव दिए ।

प्रमुख रानाले पछिल्लो दिनमा अर्जुनधारा नगरमा रहेका ४६ वटा सहकारीसँग उत्पादन, उत्पादित सामानको प्रशोधन, बजारीकरण गर्ने विषयमा छलफल भएको र मार्गचित्र स्पष्ट नीति लिएर अघि बढ्न लागेको बताए । उनले कृषिमा देखिएको विषादी नियन्त्रणका लागि स्पष्ट दृष्टिकोण र उत्प्रेरणाको वातावरण मिलाउँने बताए ।

अभियान नेपालका अध्यक्ष एवम् पूर्व सांसद प्रेमबहादुर गिरीको प्रतिवेदन वाचन गर्दै विश्वले राखेका सहस्राब्दी विकास लक्ष्य र दीगो विकास लक्ष्यहरुलाई समुदायस्तरमा सुचाङ्गहरु पूरा गर्दै देशको सवाङ्गिण विकास स्तरलाई उचाई थप्न सहयोगी संगठनको रुपमा काम गर्दै आएको उल्लेख गरे ।

संस्थाले गरेको उपलब्धिसँगै कमाएको साखलाई बचाउँदै आगामी दिनमा अझ गुणात्मक उपलब्धिहरु हाँसिल गर्नका लागि सबैको अनुकरणीय योगदान रहने कुरामा उनले विश्वास समेत लिएका छन् ।

कार्यक्रममा राजन स्मृति पुरस्कार कोषबाट जनता माध्यामिक विद्यालयमा अध्ययनरत छात्र मनील घिमिरेलाई नगद २ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथि सांसद बृख प्रधानले नगदसहित प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उपप्रमुख कमला खतिवडा, गैर सरकारी महासंघ झापा जिल्लाका उपाध्यक्ष हरिप्रसाद गौतम, ११ का वडाअध्यक्ष भैरव खड्काले शुभकामना दिएका थिए ।

वडा नं. १० का वडाअध्यक्ष बलदेव गोम्देन, गोपीचन्द्र पोख्रेल, सञ्चाकर्मी सागर गौतम, गजेन्द्र खनाल लगायतको आतिथ्य रहेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष हेमबहादुर खत्रीले गरेका थिए ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव मिनप्रसाद निरौलाले गरेका थिए ।