असल संस्कार र समृद्धिका लागि एनएमसीः अध्यक्ष उप्रेती « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

असल संस्कार र समृद्धिका लागि एनएमसीः अध्यक्ष उप्रेती


यलम्वर टाइम्स
४ आश्विन २०७८, सोमबार ११:३६

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले २९ औं वार्षिक साधारणसभाको प्रतिवेदन प्रस्तुत गर्दै असल संस्कार र समृद्धिका लागि एनएमसी आम शेयर सदस्य कहाँ आएको बताएका छन् ।

सोमबार अर्जुनधाराको गुरागाई भवनमा आयोजित वार्षिक साधारण सभामा शेयर सदस्यहरुमाँझ अध्यक्ष उप्रेतीले संख्या नाफामुलक धन्दामाभन्दा शेयर सदस्यहरुलाई कसरी स्वावलम्बी र आत्मानिर्भरतामा बाँच्न सिकाउन भन्ने विषयमा चिन्तित रहेको बताए ।

‘सानो ठाउँ र सानो आकारबाट सुरु भएको एनएमसी आज २९ औं वार्षिक कार्यक्रम गर्न सफल भएको छ भने यो वर्ष २७ करोड ४० लाख नाफामा जान सफल भएको छ’ अध्यक्ष उप्रेतीले भने, ‘आउने दिनमा शेयर सदस्यहरुको हितमा अझै सरलता प्रदान गर्ने कार्यक्रम ल्याइनेछ ।’

उनले सहकारी बैंकिङ, डेरी, कृषि फर्म, सहकारी पसल हुँदै चियामा समेत कारोबार गर्न थालको जनाए ।

अध्यक्ष उप्रेतीले शेयर सदस्यहरुको विचारलाई ध्यानमा राख्दै संस्थाको लक्ष्य उद्देश्यका लागि अगाडि बढ्ने बताए ।

अर्जुनधारा शनिश्चरेका संयोजक धर्मानन्द गुरागाईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष नवराम ढुंगानाले शेयर रकमबाट प्राप्त लाभांश संस्थालाईभन्दा पनि शेयर सदस्य सदस्यहरुलाई आउने वातावरण बनाउन सुझाव दिए ।

अध्यक्ष ढुंगानाले अब सहकारी संस्थाहरु नाफा आर्जनमाभन्दा पनि शेयर सदस्यलाई स्वावलम्बी बनाउने काममा लाग्न अनुरोध गरे ।

कार्यक्रममा संस्थाका कर्पोरेटर व्यवस्थापन समूहका जीवनमणि कटुवालले संस्थाको आर्थिक गतिविधि र हुँदै गरेको कामका विषयमा प्रकाश पारेका थिए ।

भेलामा अर्जुनधाराका गुरु अग्नी सिग्देल, हरिभक्त बराल, कृष्णप्रसाद भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

देवीमाया पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन जानुका देवी नेपालले गरेकी थिइन् ।