कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित


यलम्वर टाइम्स
८ मंसिर २०७८, बुधबार ०६:०४

उदयपुर । उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् ।

आन्तरिक राजश्व कार्यालय लहानबाट सबैभन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा.लि. कटारीका संचालक प्रयास कार्की उत्कृष्ठ करदाता घोषित भएका हुन् ।

कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६।०७७मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।

नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१।०७२ देखि निरन्तर सबैभन्दा बढि कर तिर्न सफल भएको जनाएको छ ।

सेवा कार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आय विवरणमा कार्कीद्वारा संचालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले ३९ करोड ९६ लाख १६ हजार तिन सय ८३ कारोबार गरेकोमा १ करोड ८४ लाख १७हजार ६ सय एक कर योग्यआय गर्न सफलभएको कर दाता सेवाकार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । जसमध्ये कार्कीले ४६ लाख आयकर तिरेका छन् ।

कार्की समूहको हिमशिखर सप्लायर्स त्रियुगा नगरपालिका २, हिमगिरी सप्लायर्स कटारी ४ र नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा.लि. छैटौ पटक धेरै आयकर तिर्ने साविक सगरमाथा अञ्चलकै उत्कृष्ठ फर्म बन्न सफल भएको छ ।

कार्कीको कम्पनीले आर्थिक बर्ष ०७५।०७६मा २६ लाख ३१ हजार आयकर तिरेर पहिलो बनेको थियो ।

आन्तरिक राजस्वकार्यालय लहानले कर सप्ताहको अन्तिम दिन एक कार्याक्रमको आयोजना गरि उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई कदर गर्ने परिपाटी अनुसार उत्कृष्ठ करदाता र कर्मचारीको नाम सार्वजनिक गर्ने गरिन्छ ।