डेंगुबाट बच्न के गर्ने ? « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

डेंगुबाट बच्न के गर्ने ?


यलम्वर टाइम्स
२२ असार २०८०, शुक्रबार ००:१९

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

डेंगुका लक्षणहरु

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

१. टाउको दुख्ने

२. आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

३. ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

४. शरीरमा विमिरा आउने

५. वाकवाकी लाग्ने

६. पेट दुख्ने

७. नाक वा गिजाबाट रगत बग्ने

८. रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

कसरी बच्ने ?

– डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो । लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरपर वा पानी जम्ने ठाउँहरु जस्तैः गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन ।

– बाहिर वा लामखुट्टेले तोक्ने ठाउमा निस्कदा शरिर ढाकिने लुगा लगाउनुपर्छ ।

– सुत्दा अनिवार्य झुलको प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।