लम्पी खोप चाँडो आवश्यक « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

लम्पी खोप चाँडो आवश्यक


यलम्वर टाइम्स
२३ असार २०८०, शनिबार १३:५५

किसानहरुले पालेको दूधालु वस्तु लम्पी रोगबाट भटाभट मर्न थालेपछि उक्त खोपको आवश्यक भएको महशुस गरेका छन् । दूधबाटै जीविकोपार्जन मात्र होइन, छोराछोरीलाई शिक्षादीक्षा दिलाउने खर्च समेत जुटेको हुँदा वस्तुलाई लम्पी खोपको आवश्यक भएको बताएका छन् । गाईवस्तुमा लाग्ने लम्पी पछिल्लो पटक अनौठो रोग भनेर पत्ता लगाए लगत्तै किसानहरुले पालेको वस्तुमा उक्त औषधी प्रयोग गर्न सके धेरै किसानहरु मार्कामा पर्दैन थिए ।

लम्पी हेर्दा सामान्य देखिए पनि यस रोगले छोएपछि शरीर भरी बिमिरा र फोका आउने त्यससँगै ज्वरो देखापरेपछि वस्तुहरु थलिदै जाने र क्रमशः समयमै उपचार नपुग्दा मृत्यु समेत भएको हुँदा किसानहरुको हितका लागि भए पनि यस रोगको औषधी चाँडो झिकाइ प्रयोगमा ल्याउनुपर्ने आवश्यक देखिन्छ । कति किसानहरुले साहुको ऋण काटेर वा सहकारीको ऋणबाट पशु व्यवसाय गरिरहेको अवस्था छ । किसानहरुको पीडालाई मध्यनजर गर्दै लम्पी रोग निर्मूलका लागि औषधी उपचारको कमी नगर्न सरकारसँग आव्हान गरिन्छ ।

लम्पी रोग अनौठो रोग होइन । औषधी उपचार गरे निको हुने रोग हो । त्यसैले पनि किसानहरुको मार्कालाई ध्यान दिँदै लम्पीबाट पीडित बनेका किसानहरुलाई न्यूनतम् क्षतिपूर्ति साथै रोग लागेका वस्तु जनावरमा निःशुल्क औषधी उपचार गर्न सके किसानहरुले राहत पाउनेमा दुईमत नहोला । स्थानीय तथा संघ, प्रदेशले किसानको हितका लागि थुप्रै काम गरिने भन्ने सन्देश दिए पनि त्यो सन्देशलाई चरितार्थ गर्न किसानको मार्कालाई बुझ्न जरुरी देखिन्छ । त्यसतर्फ सरकारको ध्यान जान सकोस् ।