को–को भए केन्द्रीय सदस्य « Yalambar Times
२ माघ २०८१, बुधबार

को–को भए केन्द्रीय सदस्य


यलम्वर टाइम्स
२८ श्रावण २०७३, शुक्रबार ०७:३६

14017562_800051733465154_529931020_nधोविघाट / राष्ट्रिय जनमुक्ति पार्टीको पूर्ण बैठकबाट ४५ जना जनमुक्ति योद्धालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

पार्टी संस्थापक अध्यक्ष एमएस थापाको उपस्थितिमा र अध्यक्ष केपी पालुङ्वाको सभापतित्वमा उक्त योद्धाहरुलाई मनोनित गरिएको पार्टी सचिव पदम जवेगुले बताए ।

पार्टीको संघीय परिषद सदस्यमा मनोनित हुनेहरुमा क्रमशः सिद्धी तुम्बाहाम्फे, पीर्थीबहादुर बेघा, दलबहादुर वीरकट्टा (रुपन्देही), चेतबहादुर आले मोरङ्ग, ललिमाया जर्घा महोत्तरी, रुपबहादुर पुन बाग्लुङ, लोक आङ्ला धनकुटा, विजयसिंह थापा स्याङ्झा, कर्णविक्र लिम्बू सुनसरी, विष्णु सुब्बा सुनसरी, मनकुमारी याक्खा सुनसरी, हनुमान अग्रवाल सुनसरी, सुमित्रा थापा नवलपरासी, धनध्वोज लिम्बू मोरङ्ग, डिल्ली याक्खा संखुवासभा, धनराज राई भोजपुर, रेणु घिसिङ सिराह, वैद्यनाथ यादव धनुषा, महेष पाल सिराह, लालमोति महरा चमार बारा, पचिया शर्मा पर्सा, दिनेश मण्डल बारा, निरु रुम्बा मकवानपुर, सेवन पुलामी सिन्धुली, मिना बामियाँ सिन्धुली, रविन तामाङ काठमाण्डौं, प्रमिला श्रेष्ठ काठमाण्डौ, सन्तोष तामाङ, पुरनध्वोज गुरुङ कास्की, रामचन्द्र श्रेष्ठ गोरखा, छत्रबहादुर दर्लामी रुपन्देही, शोभा विक रोल्पा, गीता योगी दाङ, मंगलसिंह थारु बाँके, सूर्यबहादुर थापा तनहुँ, रमेशकुमार गजमेयर सुनसरी, बालकुमार गरुङ ताप्लेजुङ, प्रेमबहादुर खड्का इलाम, आङमाया शेर्पा इलाम रहेका छन् । यसरी बैठकले संघीय परिषद सदस्यमा मित्र थापा युके, खेमबहादुर गुरुङ तनहुँ, ज्ञानबहादुर गुरुङ चितवन र सिरन तामाङ इजराइल लगायतलाई मनोनित गरेको छ ।

मनोनित सदस्यहरुलाई पार्टीका अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक रामबहादुर तुम्बहाम्फे, वरिष्ट नेता तथा परराष्ट्र विभाग प्रमुख डिके बुद्धिष्ठ, महासचिव केशव सूर्यवंशी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।