राजन सम्पाङ
शनिअर्जुन / सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले यो सरकार संविधान कार्यान्वयन र मुलुकको संरचना निर्माणसँगै स्थानीय चुनावलाई सभ्य रुपमा सम्पन्न गर्नका लागि सक्रिय रहने बताएका छन् ।
शनिअर्जुन बजारमा अवस्थित पहिलो पटक स्थापना भएको यलम्वर टाइम्सको कार्यालयमा मन्त्री बुढाथोकीले मुलुकलाई नेपाली जनताको भावना अनुसार डोहो¥याउन चौथो अंगको पनि अह्म भूमिका हुने बताउँदै सरकार र सञ्चार जगत एक भएर मुलुक बनाउन लाग्नु पर्ने बताए । उनले मुलुकको समस्या जस्तै सञ्चार जगतको पनि त्यतिकै समस्या रहेको राज्य पक्षले बुझेको छ, त्यसैले हरेक क्षेत्रबाट सञ्चारलाई मायाँ गर्नुपर्ने बताए । यलम्वर टाइम्सको सम्पादक दिपीन राईले अब विकासको गतिविधिमा राज्य पक्ष कतिको जिम्मेवार छ ? भनी प्रश्न राख्दा मन्त्री बुढाथोकीले विकास बिना नेपाली जनताको मुक्ति सम्भव नहुने भएको हुँदा राज्यको पुर्नसंरचनासँगै गाउँ, नगर र जिल्लाको विकासमा राज्य पक्ष चनाखो भई खटिरहेको अवगत गराउँछौं । केही महिनापछि मुलुकले गति लिने बाटाहरु फुक्दै जाने बताए । उनले थपे –‘सबै वर्ग जाति मिलेर बनेको मुलुक हो, कुनै जातिलाई च्यापेर कसैलाई पाखा राखेर अब समृद्ध नेपाल हुन सक्दैन त्यसैले सबैलाई समान व्यवहार, समान अवसर र पहिचान झल्कने गति लिएर राज्य पक्ष अगाडी बढ्ने छ ।’
टाइम्सको कार्यालयमा मेरो रेडियोका प्रबन्धक निर्देशक कुमार भट्टराईले साना–साना कामबाट अल्झिएर कृषिका गतिविधिहरु अगाडि बढ्न सकिरहेका छैनन् । कृषकहरु मारमा परिरहेका छन् भनी प्रश्न राख्दा ग्रामिण जनताका गतिविधिहरुलाई उठाएर अगाडि बढे र समस्या के–के हो ? प्रप्रोजलहरु बनाई आए समाधान गर्न सकिने मन्त्री बुढाथोकीले बताए । मन्त्री बुढाथोकीले यलम्वर टाइम्स र मेरो रेडियो नगरमा स्थापना भएको सञ्चार हो, गाउँका गतिविधिहरुलाई कसैलाई काखा, कसैलाई पाखा नगरी उजागर गरी दिनुहोस्, त्यहाँ तपाईहरुको भविष्य छ ।
करिब डेढ घण्टा बसेका मन्त्रि बुढाथोकी यस अघि शहीद बुटन चौधरीको प्रतिमा अवलोकन गरी विभिन्न कार्यक्रममा सहभागि भई आएका थिए । ९८३० नम्वरको गाडीमा आएका बुढाथोकी शनिश्चरे बहुमुखी क्याम्पस लगायत खोला र बन्दै गरेका अपूरा पुल अवलोकन गरेका थिए । मन्त्रीसँगै झापा क्षेत्र नं. ४ का सांसद प्रेमबहादुर गिरी, नेका झापा सभापति उद्धव थापा, नगर सभापति हेमराज खरेल लगायत अन्य पार्टी एमाले, एमाओवादीका प्रतिनिधिहरु सहभागी थिए ।