पाँचथर अस्पतालको नियमित सरसफाई सुरु « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

पाँचथर अस्पतालको नियमित सरसफाई सुरु


यलम्वर टाइम्स
२ फाल्गुन २०७३, सोमबार १०:०७

Pachthar.jpegपाँचथर / जिल्ला अस्पताल पाँचथरको नियमित सरसफाई अभियान सुरु भएको छ । स्वास्थ्यको दृष्टिले अति संवेदनशील मानिने अस्पताल प्रदुषणले भरिएको जनगुनसो बढेपछि अस्पताल परिषरलाई स्वच्छ राख्ने अभियान सुरु भएको हो ।

माघ २९ देखि हरेक शनिबार साप्ताहिक रुपमा अस्पताल परिषर सरसफाई गर्ने गरी अभियान सुरु गरिएको अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष दीपक नेपालले बताए । अभियानको उद्घाटनका अवसरमा अस्पताल परिषर र शौचालयमा सरसफाई गरिएको अध्यक्ष नेपालले जनाए ।

अभियानमा अस्पतालका कर्मचारी, नेपाल प्रहरी, उद्योग वाणिज्य संघका वर्तमान तथा निवर्तमान पदाधिकारी, स्थानीय फिदिम उच्च मावि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लतायतको सहभागिता रहेको थियो । सेवाग्राहीले अस्पताल विकास समितिको कार्यको प्रशंसा गर्दै अभियानको निरन्तरतामा जोड दिएका छन् ।

यस्तै अस्पताल विकास समितीको पहिलो वैठकले अस्पताललाई ब्यवस्थापन र सुधार गर्नको निम्ति फागुन महिना भित्र पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गर्ने समते अध्यक्ष नेपालले बताए । अस्पताल परिषद अति दुर्गन्धित र प्रदुषित भएको भन्दै नागरिक स्तरबाट बारम्बार गुनासो उठ्ने गरेको थियो ।