डा. कात्र्तिकेश ठाकुर काममा विश्वास राख्ने भएको हुनाले चर्चामा आउन चाहँदैनन् । उनका हातबाट धेरै शल्यक्रिय सफल भएको छ । १७ वर्ष टिचिङ हस्पिटलमा काम गरिसकेको डा. ठाकुृरलाई सरकारले नै सफल चिकित्सकको रुपमा उभ्याएर हाल मानव अंग प्रत्यारोपण केन्द्रमा मुटुको शल्यक्रिया गर्ने विशेषज्ञको रुपमा खटाएको छ । उनीसँग गरिएको स्वास्थ्य वार्ता :
मुटुरोग के कारणबाट हुन सक्छ ?
मुटुरोग विशेषगरी खानपीनकै कारणबाट लाग्दै आएको तथ्य छ । पहिलो कुरा मुटुको भल्वमा खराबी भयो भने दोस्रो बच्चाको घाँटीमा समस्या देखियो भने तेस्रो बोसोको समस्याको कारणले पनि मुटु रोग बन्न सक्छ ।
यसबाट बच्ने उपाय चाँही ?
सधै बिहान व्यायम गर्न जरुरी छ । तारेको वा पोलेको चिल्लो पदार्थ बढी सेवन गर्नु हुँदैन । उच्चुरक्त चाप र मधुमेह भएमा त्यसलाई नियन्त्रण गर्न जरुरी छ । खैनी र तम्बाखुबाट टाढै रहन सके मुटुरोगबाट बच्न सकिन्छ ।
बच्चाको घाँटीमा खराबी आयो भने पनि मुटुरोग लाग्छ भन्नु हुन्छ, कारण ?
बच्चाको घाँटीको नलीसँग मुटुको सम्बन्ध हुन्छ । घाँटीमा भएको घाउलाई चाँडै नै उपचार गरी स्वास्थ्य बनाइएन भने त्यसको असर मुटुको भल्वमा पुग्न सक्छ । र वयस्कमा त्यही घाँटीकै कारण मुटुमा दाग रहँदै घाउ हुन सक्छ । त्यसैले बाल्यकालमा बच्चाको घाँटीमा खराबी आए वयस्कमा मुटुरोगी हुन सक्छ, तथ्याङ्कले देखाएको छ ।
मुटुरोग हुने अन्य कारण पनि होलान् नि ?
वंशाणुगत गुण पनि केही मात्रामा हुन सक्छ । त्यस्तै गरी सुत्केरी आमालाई इन्फ्याक्सन भएमा, बाथ रोग भएमा पनि मुटुरोग हुन सक्छ ।
नेपालमा मुटुरोगीहरुको तथ्याङ्क छ नि ?
यति नै छ भनि यकिनका साथ भन्न सकिन्न तर, प्रत्येक चार जना मानिस बराबर १ जना उच्च रक्तचाप भएका मानिस भेटिन्छन् । रक्तचाप बढी हुनु पनि मुटुरोगको एउटा कारण हो । कहिले काँही रक्तचाप ह्वात्तै बढेर गएमा त्यसले मुटुलाई असर गर्छ र मस्तिष्कमा चोट पु¥याउँदै हृदयघाट हुन सक्छ । त्यसैले बिहान मर्निङवाक गर्न जरुरी छ । साँझमा चिल्लो, अमिलो र नुन कडा खानेकुराबाट टाढै रहनुपर्छ ।
कुन उमेर समूहका मानिसहरु बढी मुटुरोगबाट पीडित रहेको पाइन्छ त ?
विषेश गरी १५ वर्षदेखि माथिका मानिसहरुलाई मुटुरोगले छोएको हामी पाउँछौं । मुटुरोग भयो भन्दैमा आत्तिनु पर्छ भन्ने होइन, खानपीनसँगै वजन घटाउनतर्फ लागेर डाक्टरको निगरानीमा रहे लामो समयसम्म बाँच्न सकिन्छ । विशेष गरी अहिले हाम्रो नेपालमा विषादीयुक्त खानेकुराको प्रयोग बढ्दै गएको कारणले पनि मुटुरोगीहरुको संख्या बढ्दै गएको हो । त्यसतर्फ पनि सचेत र सजक हुन जरुरी छ ।
तपाईले चुरोट र खैनीको कारण पनि भन्नुभयो नि ?
हो, मुटुलाई प्रत्यक्ष असर पार्ने चुरोट र खैनी नै हो । त्यसको निकोटीनले फोक्सो र रक्तनली खराब पारिदिने भएको हुँदा त्यसतर्फ सचेत हुन जरुरी छ । मुटुरोग लाग्यो, अब मरिहालिन्छ भन्दैमा निराश हुनुहुँदैन साधारण जीवनयापन चलाउँदै संसार हेर्न सकिन्छ । तर स्वास्थ्यप्रति सचेत हुन उत्तिकै जरुरी छ ।
मुटुरोगीहरुका लागि राज्यले के कस्तो सुविधा दिएको छ ?
राज्यले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटुरोगीहरुका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गर्दै बैशाखदेखि सुरु गरेको छ । त्यो विभाग मैले हेरिरहेको छु । मुटु रोग भएका मानिसहरुलाई या नसर्ने गम्भीर रोग भएका मानिसहरु शल्यक्रियापछि लामो समयसम्म जिउनको लागि राज्यले तिनलाई त्यै अनुसारको तालिम र सीप दिएर रोजगारीको व्यवस्था गर्न जरुरी छ । त्यसो गरे सफल शल्यक्रिया भएर बाँचेका मानिसहरुको आयु अझ लामो भएर जान सक्छ । त्यतिमात्र होइन, प्रत्येक स्वास्थ मानिसले आफ्नो शरीर ६÷६ महिनामा चेकजाँच गर्न जरुरी छ । रातो मासुबाट कोलेस्ट्रल बढ्ने भएको हुँदा निरोगी मानिसले पनि त्यस्ता मासु लिनु हुँदैन ।
अन्त्यमा अन्य केही जानकारी छ कि ?
पहिलो कुरो खानेकुरालाई ध्यान दिने, अत्याधिक शरीरलाई बेफाइदा हुने तत्वबाट टाढै रहने, सन्तुलन आहारविहारमा ध्यान पु¥याउने, मुटुरोगी होस् या मृगौला रोगी या क्यान्सर, ती रोग लागिसकेका मानिसले बिहानको स्वास्थ्य हावा लिन जरुरी छ । सकारात्मक चिन्तन राखेर बस्न जरुरी छ । त्यस्ता रोग लागेका मानिसलाई परिवारबाट स्नेहता प्रदान गर्न त्यत्तिकै जरुरी छ । त्यसतर्फ सबैले ध्यान दिऔं ।