बेरोजगारलाई रोजगार, स्वरोजगारलाई पुरस्कार: जनमुक्ति « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

बेरोजगारलाई रोजगार, स्वरोजगारलाई पुरस्कार: जनमुक्ति


यलम्वर टाइम्स
२४ बैशाख २०७४, आईतवार ०७:३९

Janmuktiflagललितपुर / राष्ट्रिय जनमुक्ति पार्टीले २३ बुँदे प्रतिबद्धता पत्र प्रकाशित गर्दै बेरोजगारलाई रोजगार र स्वरोजगारलाई पुरस्कार भन्ने नारा अगाडी सारेको छ ।

घोषणापत्रमा भ्रष्टचार मुक्त प्रशासन, समानुपातिक विषेश अवसर, उन्नत कृषि देशको मेरुदण्ड, स्वदेशी कच्चापदार्थमा आधारित उद्योग व्यवसाय, बहुआयामिक पर्यटन, धर्मनिरपक्षताको कार्यान्वयन, ऊर्जा क्रान्ति, विद्युतीय एवम् सुरक्षित यातायात, शिक्षामा सबैको पहुँच, मातृ भाषा अभ्यासको आधार, पुर्खौली ज्ञानसिपको उपयोग, स्थानीयलाई अग्राधिकार, रेमिट्यान्सको लगानी, हरियाली गाउँ–शहर, गरिब राहत कार्ड, सामुदायिक पूर्वाधार, सामाजिक सुरक्षा बालबालिका स्याहार केन्द्र, व्यवस्थित बस्ती विकास, सुकुम्बासीको व्यवस्थापन, परम्परागत बसोबासको सुरक्षा जस्ता कुराहरु उठाएका छन् ।

शैक्षिक बेरोजगारलाई सेवा, वृद्धहरुलाई पौष्टिक आहार, निःशुल्क स्वास्थ्य तथा यातायात, असाहयहरुलाई न्यूनतम् जीवनयापन हुन सक्ने गरी राहत दिने घोषणा गरेको छ ।

गरिब तथा विपन्नलाई सहुलियतमा खाद्य तथा यातायात कार्डको व्यवस्था गरिने उल्लेख छ । आर्थिक समृद्धिका लागि स्थानीय स्तरलाई अगाडी बढाउन जीवन उपयोगी व्यवसाय लागू गर्ने भएको छ ।