लक्ष्मीप्रसाद सुब्बा
सरकारमा पुग्ने राजनीतिज्ञहरुको दुरदर्शिता नाम र दामको लागि मात्र सीमित छ । देश विकासबारे माखो मारेका छैनन् । नेपालको नयाँ संविधान लागू भयो, त्यो संविधानले सर्वप्रथम देश विकास गर्नुभन्दा पनि पुरानो इतिहासलाई मेटाउने र हटाउने काम चाहीँ गरेको छ ।
विकासको कुरो गर्ने हो भने जलस्रोतको धनि देशमा विकास गरिनु पर्ने तर पानी खेर गइरहेको छ । त्यो पानीको सदुपयोग नेपाल सरकार कञ्जुस्याँई गर्छ । आएको बजेट खर्च गर्दा भागमा केही नआउने बुझेपछि बजेट बरु फिर्ता गर्छन्, तर खर्च गर्दैनन् । अन्त राष्ट्रले धन्न कोशी नहर बनाई दिएछ । नेपाल सरकारले खेतिको लागि सिंचाई सुविधा कहाँ कसलाई कति ठाउँमा दियो । कुलो छैन, नहर छैन, त्यसैकारण कृषि प्रधान देश भनेर गर्व गरे पनि कृषि सामग्रीमा अन्य देशकै भर पर्नु परेको छ । यातायातको त कुरै छाडौं । गर्ने गर्ने भनेर टार्ने बानी छँदैछ । दैनिक कति–कति सडक दुर्घटना भएर मानिस मर्दैछन् यसबारे सरकारले सुन्दैन, देख्दैन। नयाँ संविधान लागू गर्ने भनेर नयाँ गाउँपालिका र नयाँ–नयाँ नगरपालिका गठन ग¥यो । त्यस अवसरमा कति–कति इतिहास मेटाइयो, हटाइयो ।
नयाँ संविधान लागू गर्ने पहिलो उद्देश्य –स्तर उन्नतिभन्दा पनि नाम र काम परिवर्तन गर्ने देखियो । लोपउन्मुख लाप्चे जातिको भाषा अनुसार दक्षिण इलाममा लाप्चे भाषाको शब्द ‘रोङ’ नाम दिएर गाउँपालिका गठन ग¥यो । त्यति गर्नाले तिनीहरुको संरक्षण, वंश वृद्धि र स्तर उन्नति हुने भयो ? लाप्चेहरुको संख्या नै बढाउनु पर्छ भने एक जना पुरुषले २÷३ ओटी विवाह गर्न पाउनु पर्छ अनि चाहीँ वंश वृद्धि हुन्छ कि ? नत्र भने एक जना मात्र विवाह गर्दा सन्तान भएन भने उनीहरुको वंश वृद्धि कसरी हुन्छ । कि उनीहरुको भाषाको एउटा शब्द ‘रोङ’ भनेर नाम राख्दैमा अब उसो लोपउन्मुख लाप्चेहरुको संरक्षण, वंश वृद्धि साथै उनीहरुको स्तरउन्नति भईहाल्छ ? शास्त्रले भने अनुसार लाप्चेहरुले ‘स्वधर्म पालन नगर्नाले उनीहरुको वंश नाश भएर लोपउन्मुख भएका हुन् । शास्त्र साक्षी छ । कसरी भने छली, कप्टी हुनाले १०० भाई कौरवको नाश भयो तर धर्मभीरु पाँच पाण्डवहरुको रक्षा भयो । धर्म शास्त्रले यसै भन्छ । शान्तिपुरलाई पुरेर नाम मेटाए अब शान्ति होला के ? प्रहरी प्रशासनबाट बाहिरी शान्ति आए पनि आत्म शान्ति मिल्दैन । के कसरी हुन्छ हामी जनतालाई त्यो शान्ति चाहियो, चाहियो ।
रोङ गाउँपालिका सम्बन्धमा यसै गाउँपालिकाका नाम नतोकिकन भन्नु पर्दा गत सालको गाई जात्रामा नेपाल देश अब सिक्किम जस्तै हुन बेर छैन भनेर कञ्चनजंघा एफएमबाट कविता वाचन गर्दा त्यहाँका कर्म चरीहरुले ती कविको धतुरो झारे, आज सिक्किम जस्तै भएको गाउँपालिकाको नाम सुन्ने र ती धतुरो झार्ने अगुवाहरु कहाँ गए ? कि उनीहरुको गिदिमा पसेन यो कुरा ? सिक्किम जस्तो कसरीभयो भने–दक्षिण सिक्किममा ‘रोङ’ गाउँ छ, यो लेखकले त्यहाँको दानापानी खाएको छ । कोही सज्जनले देखा ! भन्नुहुन्छ भने यसले त्यो ठाउँमा पु¥याएर, डुलाएर ल्याउन सक्छ । नाम अनुसार सिक्किम जस्तै भएन र नेपालमा ? कतै चाहि नभएको नाम खोजेर राखेर, भएको नाम र इतिहास मेटाउन यो सरकारले । यसका अकाट्य प्रमाण दिन चाहन्छु ।
कसरी इतिहास मेटाइयो भने, ताप्लेजुङ जिल्लाको खोकलिङ गाविस कसरी भयो ? यसको चर्चा गर्नु पर्दा –परापूर्व कालमा त्यो ठाउँमा अति नै पराक्रमि एक जना पुरुष थिए । तिनको नाम तोगुम्बाहाङ खोकलिङ थियो । इतिहास अनुसार तिनी खुट्टाका अपाङ्ग थिए तर साहसी र पराक्रमी हुनाले इतिहास पुरुष भए । तिनको समयमा दोभान छेउछाउ, वारिपारी डुलिडुली नर भक्षण गर्ने अजंगको बाघ थियो । त्यो बाघले सारै धेरै नर संहार गर्ने गरेकाले सरकारमा विन्ति गर्दा–कोही साहसी पुरुष छ भने त्यो नर भक्षी बाघ मारोस्, त्यसो गरे वापत उसलाई ठूलो राजकीय सम्मान साथै ठूलो बिर्ता दिइने छ, भनेपछि ती बीर पुरुष तोगुम्बाहाङ खोकलिङले त्यो बाघ मारेर इतिहास राखे ।
त्यसरी बाघ मारेर जनताको ज्यान बचाए । उसबेला पढ्ने लेख्ने कोही थिएनन्, यस्ता पुरुषको इतिहास कसरी राख्ने ? भन्ने बारे चर्चा चल्दा–उनको इतिहास लेख्न नसकिएकाले नक्सा खोपेर राखि दिऔं भनेर खोकलिङबाट दोभान जाने बाटामा मास्तिर ठूलो ढुंगोमा तोगुम्बाहाङ खोकलिङको रेखा चित्र खोपी दिए । त्यो रेखा चित्र आज पनि देख्न पाइनछ । त्यसर्थ तिनै तोगुम्बाहाङ खोकलिङको नाममा खोकलिङ गाउँ गठन गरियो, पछि त्यो नाम जीवित राख्नका लागि भनेर खोकलिङ गाविस गठन गरियो । एक त त्यस्ता पराक्रमीको इतिहास जीवित राख्न साथै यो वंश लोप हुन लागेकाले पनि नाम राखिएको हो । तर सरकारले वंश संरक्षण तथा वंश वृद्धिको लागि भनेर सरकारले खोई के ग¥यो ? संरक्षण त होइन खोकलिङ गाउको नामै मेटार इतिहासै मेटायो । सँगैमा लाप्चेहरु लोप हुन लागे भनेर सरकार चिन्तित भएर उनीहरुलाई भत्ता मिल्छ । नेपाल अधिराज्यभरीमा लाप्चेहरुको संख्याबारे तथ्याङ्क लिने हो भने लाप्चेहरु ५०० घर धुरी छन्, तर दुःखको कुरो नेपाल अधिराज्यभरीमा यो ‘खोकलिङ वंशको’ संख्या ५० घर धुरि पनि छैन । खै यसबारे सरकारको दूरदर्शिता ? लोपउन्मुखलाई भत्ता दिने हो भने यो वंशलाई भत्ता दिनु त होइन इतिहासै मेटायो ।
कुल वंशको संख्या कति छ भनेर सकारले तथ्याङ्क लिन्छ तर खै यो खोकलिङ वंशको तथ्याङ्क लिएको ? हुन सक्छ अरु कुनै वंशलाई आरिस लागेर खोकलिङ वंशलाई पछाडी पारिएको हो ? यस प्रकारको काम देखेर सरकार पुग्ने नेताहरुको सबथै नेपाल सरकारको दूरदर्शिता कति रहेछ ? भन्ने कुरो छर्लङ्ग देखिन्छ, बुझिन्छ । यदी लोपउन्मुखलाई संरक्षण गर्ने उद्देश्यले सरकारले भत्ता दिन्छ भने यो खोकलिङ वंशले पनि भत्ता पाओस्, साथै कसरी वंश वृद्धि हुन्छ त्यसबारे पनि उनीहरुले छुट पाउन । नत्र भने वंश लोप हुन्छ । लेखकको तर्फबाट भन्न पर्दा ‘धर्मले रक्षा गर्छ’, माने मानुन, नमाने टाउको दुख्तैन ।
(खोकलिङ), हाल बरफल्याङ, इलाम