स्वस्तिकाबाट अपाङ्ग बाल शिक्षालाई सहयोग « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

स्वस्तिकाबाट अपाङ्ग बाल शिक्षालाई सहयोग


यलम्वर टाइम्स
११ भाद्र २०७४, आईतवार १०:०१

अर्जुनधारा ।

स्वस्तिका शिशु सदन माध्यमिक विद्यालयले कम्तनबाडीमा अवस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका १५ अपाङ्ग विद्यार्थीलाई सहयोग प्रदान गरेको छ ।

कुशे औंशी तथा बाबुको मुख हेर्ने दिनको अवसर पारेर विद्यालयले खाजा, कपि, कलम प्रदान गरेका थिए । कपि, कलम प्रदान गरेपछि विद्यालयका फाउण्डर इश्वरा श्रेष्ठले अपाङ्ग भए पनि शिक्षाको पहुचबाट टाढा नहुन भन्ने उद्देश्यले सहयोग गर्दै आत्मीयता साट्न आएको बताए ।

कार्यक्रममा अपाङ्ग बाल सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालले विद्यालयलाई धन्यवाद प्रदान गरेका थिए ।
सहयोग प्रदान गर्न विद्यालयका प्रिन्सिपल बसन्त श्रेष्ठ, सहायक प्रिन्सिपल डीपी ओली लगायत उपस्थित रहेका थिए ।