डीएसपी बालकृष्णलाई सम्मान, नयाँ डीएसपी गिरीलाई स्वागत « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

डीएसपी बालकृष्णलाई सम्मान, नयाँ डीएसपी गिरीलाई स्वागत


यलम्वर टाइम्स
२३ कार्तिक २०७४, बिहीबार ११:२०

अर्जुनधारा । यस क्षेत्रमा रहेर स्थानीय निर्वाचन साथै शान्ति अमन चयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शनिश्चरे बेस क्याम्पका डिएसपी बालकृष्ण श्रेष्ठलाई अर्जुनधारा नगरपालिकाले सम्मानपत्र प्रदान गर्दै बिदाई गरेको छ ।

नगरको नगर प्रमुख कक्षमा नवनिर्वाचित सबै जनप्रतिनिधि, नगरपालिका क्षेत्रका कर्मचारी प्रमुख, प्रेस क्लब लगायतको उपस्थितिमा नगर उपप्रमुख कमला आचार्य खतिवडाले दोसल्ला र माला अर्पण नगरप्रमुख हरिकुमार रानाले सम्मानपत्र प्रदान गरी बिदाई गरिएको हो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि हरिकुमार रानाले बेसमा आएका नयाँ डीएसपी दिपेन्द्र गिरीलाई फुलमाला र अविरले स्वागत गर्दै यस क्षेत्रका जनताको भावनालाई कदर गरेर शान्ति सुरक्षामा कमी आउन नदिन अनुरोध गरेका थिए । रानाले सशस्त्रलाई नगरले हेर्ने दृष्टिकोण सकारात्मक रहने बताए ।

कार्यक्रममा वडा नं. १० का अध्यक्ष तथा बेस क्याम व्यवस्थापन अध्यक्ष बलदेव तामाङले बेस क्यामको भवन निर्माणमा नगरपालिकाले खेल्ने भूमिका सकारात्मक भएको बताउँदै प्रदेश र प्रतिनिधि सभाको चुनावपछि भवन निर्माणमा लाग्ने बताए ।

सम्मान कार्यक्रममा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले बेस क्याम्पलाई शनिश्चरेमै राख्नको लागि पत्रकारले खेलेको भूमिका सकारात्मक भएको बताए । कार्यक्रममा पत्रकार दिपीन राई, शिक्षा प्रमुख जानुका गुराँगाईं, स्वास्थ्य प्रमुख मुकुन्द उप्रेती लगायतले शुभकामना दिएका थिए ।

उपप्रमुख कमला आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका संस्था संयोजक खगेन्द्र लिङ्देनले गरेका थिए ।