स्वास्थ्य र शिक्षामा बुद्धशान्तिको पहिलो प्राथमिकताः अध्यक्ष रमेशकुमार भुजेल « Yalambar Times
२८ माघ २०८१, सोमबार

स्वास्थ्य र शिक्षामा बुद्धशान्तिको पहिलो प्राथमिकताः अध्यक्ष रमेशकुमार भुजेल


यलम्वर टाइम्स
२५ भाद्र २०७५, सोमबार ११:२३

रमेशकुमार भुजेल एक सामाजिक योद्धा हुन् । समाजमा गतिलो छाप छाडेकै कारण उनी बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुन सफल भए । अध्यक्ष हुनु अघि उनले व्यवसायबाट आर्जन गरेको नाफा शिक्षा र स्वास्थ्यमै खर्चिएका थिए । मनकारी स्वाभाव भएका अध्यक्ष भुजेलसँग बुद्धशान्ति गाउँपालिकाको विकासका बारे उनकै कार्यकक्षमा लिएको केही अंश तल उल्लेख गरिएको छ । सम्पादक

जनप्रतिनिधि भएर जनताको काम गर्दाको अनुभव एक वर्षमा कस्तो रह्यो ?

म हिजो जनप्रतिनिधि नहुँदा पनि जनतासँगै समर्पित थिएँ । जनप्रतिनिधि भएपछि अझ जिम्मेवार बढेर आएको छ । हिजो बुद्धशान्ति के थियो त्यो त तपाईहरुले नै मूल्याङ्कन गर्नुपर्ने हो । हामी निर्वाचित भएको १ वर्षभित्र बुद्धशान्ति गाउँपालिकाको विकासको कार्यमा केही परिवर्तन भएको छ जस्तो लाग्छ ।

गत वर्ष विकासका कार्यमा के कस्ता काम भए ?

हामीले बाटोमा पीच त हाल्न सकेका छैनौं तर, ग्राभेल बाटो भने निर्माण गर्दै जाँदै छौं । वडा नं. १, २, ३, ५ र ६ मा ह्यामपाईप लगाएर सानातिना पुल पुलेसा निर्माण गरेका छौं । धेरै बाटाहरु ग्राभेल बनाएका छौं ।

तपाईहरुको बजेट चाँही कति हो ?

हामीलाई यसपालित बजेटमा प्रदेश भनौं या केन्द्रले ठगेको छ । तथापी पनि हामीले ३७ करोड ११ लाख ९६ हजारको बजेट तर्जुमा गरेका छौं । त्यसै अनुसार हाम्रो पहिलो प्राथमिकता स्वास्थ्यमा रहने छ । त्यसपछि शिक्षामा ध्यान केन्द्रीत छ । बढ्दो विषादी सेवनका कारण धेरैलाई नसर्ने रोग आईरहेको अवस्थामा चेतना प्रदान गर्न शिक्षा र अस्वास्थ्य हुनेहरुलाई स्वास्थ्य बनाउन बुद्धशान्ति गाउँपालिका स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिने छ ।

निर्वाचन अघि जनतासँग प्रतिवद्धता जाहेर गरेको पद्धतिमा कुद्दै हुनुहुन्छ नि ?

हो । म सबै वडामा पुगेको छु । मैले राखेका प्रतिवद्धतालाई आत्मसाथ गर्दै लागि परेको छु । हिजो पनि स्वास्थ्य र शिक्षाको विषयमा कुरा उठाउथ्यें । त्यो कुरालाई पूरा गर्न २५ सैय्याको अस्पताल खोल्ने कार्यमा छु । रिङ रोड निर्माण गरेर गाउँपालिकाको भविष्यलाई सुनिश्चिता गर्न लागि पर्नेछु ।

भावि कार्यक्रम के–के छ ?

रोङ गाउँपालिका र हामी बिच ठूटे बर नजिक बन्जिजम्पको निर्माण गर्ने कार्यमा छौं । पर्यटकलाई आकर्षित बनाउन वडा नं. ६ बाट धार्मिक पर्यटकीय स्थल पाथिभरासम्म पुग्ने केवलकार निर्माण गरेर अगाडि बढ्ने भएका छौं । कार्यक्रम अगाडि बढ्दै छ । हैरौं ।

लक्षित वर्गका लागि केही बजेट छुट्याउनु भएको छ ?

हामीले बढी वडालाई प्राथमिकता दिएका छौं । वडाले नै लक्षित वर्गका लागि केही कार्यक्रम अगाडि सार्ने भएको छ ।

स्वास्थ्य सेवा सबै क्षेत्रमा पुर्याइने भन्नु भयो नि ?

वडा नै पछि २/२ वटा स्वास्थ्य चौकी आवश्यक देखिन्छ । त्यो हिसाबले बुद्धशान्ति गाउँपालिका प्रत्येक वडामा २/२ वटा स्वास्थ्य चौकी राख्न प्रयासरत् छ ।

युवाको हकमा ?

युवाहरुलाई लक्षित गरेर वडामै कार्यक्रम लगिएको छ । खेलकुदलाई प्राथमिकता साथ बजेट छुट्याईको छ ।

कृषिको हकमा ?

हामीले अग्र्यानिक सब्जी उत्पादनमा जोड दिने भएका छौं । हाम्रो गाउँपालिका बेमौसमी सब्जीमा आधारित र सुपारी प्रशोधन केन्द्र भएको हुनाले कृषकको भावनालाई उच्च राख्न कृषिमा पनि हामीले बजेट तर्जुमा गरेका छौं ।

अन्त्यमा ?

हाम्रो विचारलाई यलम्वर टाइम्स अखबारमार्फत आम जनतामाझ पुर्याई दिनुभएकोमा यस पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । आईपरेका समस्यालाई यहाँको अखबारमार्फत समाधान हुनेछ र हामीले नदेखेका कुरा देखाई दिनुहुनेछ भन्ने आशामा रहेका छौं ।