श्रमिकहरुलाई वडा कार्यालय मार्फत परिचय पत्र « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

श्रमिकहरुलाई वडा कार्यालय मार्फत परिचय पत्र


यलम्वर टाइम्स
६ फाल्गुन २०७५, सोमबार ११:५७

अर्जुनधारा । अर्जुनधारा नगरपालिका क्षेत्रभित्रका टाङटिङ, विरीङ लगायत अन्य नदीजन्य सामाग्रीहरु उत्खनन् गर्ने श्रमिकहरुलाई वडा कार्यालय मार्फत सूचीकृत गरी परिचय पत्र वितरण गर्ने सुरुवात गरिएको छ ।

नदीजन्य सामाग्रीहरु उत्खनन गर्ने मजदुरहरुलाई सूचीकृत गरी यकिन मजदुरको संख्या सम्बोधनसँगै योजना तय गर्दै स्थानीय सरकारबाट उनीहरुका समस्यालाई समाधान गर्ने परिचय पत्र वितरण गरिएको वडा–७ अध्यक्ष नवीन ढुङ्गानाले जानकारी दिए ।

वडा अध्यक्ष ढु्ङ्गानाका अनुसार यसरी परिचय पत्र लिनका लागि वडा–७ मा स्थायी बसोबास गरी खोला मजदुरी गर्ने श्रमिकहरुको आफ्नो नागरिकताको प्रतिलिपी, अन्यत्र स्थानबाट बसाईसराई आएको भए बसाइसराईको प्रमाणपत्र वा मतदाता परिचयपत्र प्रतिलिपि सहित ३ प्रति फोटो आवश्यक पर्ने बताए ।

परिचय पत्र हालसम्म १० जना मजदुरलिइसकेको वडा कार्यालयले जनाएको छ । ७ नम्बर वडा कार्यालयमा फागुन १० भित्रमा सम्पर्क गरी परिचय पत्र लिनका लागि ढुङ्गानाले मजदुरहरुलाई आव्हान समेत गरेका छन् ।