ब्राउन सुगर सहित २ जना पक्राउ « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

ब्राउन सुगर सहित २ जना पक्राउ


यलम्वर टाइम्स
१९ फाल्गुन २०७५, आईतवार ०७:३३

गोलधाप । झापाको अर्जुनधारा नगरपालिका–९ गोल्धापबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।

शनिबार बेलुका ६ः३० मा ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाईकललाई आशंका गरी चेकजाँच गर्दा मोटरसाईकल चालक घनश्याम साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

साह अर्जुनधारा–८ निवासी हुन् । सोही मोटरसाईकलमा रहेका सोही स्थान बस्ने २१ बर्षीय प्रकाश राजवंशीलाई समेत चेकजाँच गर्दा निजको साथबाट लुपिजेसिक २०, फेनारगन २० र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल लागूऔषध फेला परेको थियो ।

लागु औषध सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको जनाइएको छ ।