सुन सफा गर्ने भन्दै ठग्ने दुई भारतीय युवा पक्राउ « Yalambar Times
५ आश्विन २०८१, शनिबार

सुन सफा गर्ने भन्दै ठग्ने दुई भारतीय युवा पक्राउ


यलम्वर टाइम्स
१९ जेष्ठ २०७६, आईतवार ११:३४

खुदुनाबारी । सर्वसाधारणका सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय युवालाई गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

आईतबार अर्जुनधारा–२ स्थित झेलेनीकी ७० वर्षीय वृद्धा धनमाया भुजेल र उनका नातिनी विनिशा भुजेलको आठानी र दुआनीको फुली र ढुंग्री सफा गरिदिने बहानामा सुन हडप्दै गर्दा गाउँलेहरुले पत्ता लगाई २१ वर्षीय दिपक साहु, २२ वर्षीय मनिषकुमार साहलाई पक्राउ गरेका थिए ।

ति दुई युवाहरुलाई गाउँलेहरुले धनमाया भुजेलकै घरमा बाँधेर सोधपुच्छ गर्दा सुन सफा गरिदिने मात्र हौ, ठग्ने होइनौं भनी जवाफ दिइरहेका थिए । तर, वृद्ध भुजेलको सुन सफा गर्दा सुन जति एक ठाउँमा राखेर सफा गर्दै नक्कली गहना थमाउने क्रममा पक्राउ परेका स्थानीयहरुले बताए ।

पित्तल, तामा, चाँदी र सुन सफा गर्ने बहानामा यस्ता ठग केही दिन अघिबाट अर्जुनधारा क्षेत्रमा प्रवेश गरेका स्थानीय भुक्तभोगीहरुले जानकारी दिए ।

पक्राउ परेका मनिषकुमारका अनुसार यसरी सफा गर्दै हिंड्नेहरुको संख्या निकै रहेको बताए ।