संयुक्त मजदुर संगठनद्वारा ५४ मजदुरलाई सेफ्टी सामग्री « Yalambar Times
५ आश्विन २०८१, शनिबार

संयुक्त मजदुर संगठनद्वारा ५४ मजदुरलाई सेफ्टी सामग्री


यलम्वर टाइम्स
२६ जेष्ठ २०७६, आईतवार १२:३१

अर्जुनधारा । संयुक्त भवन निर्माण मजदुर संगठन अर्जुनधाराले यस क्षेत्रका ५४ विपन्न मजदुरलाई सेफ्टी सामग्री वितरण गरेको छ ।

आईतबार शनिश्चरे बजारको देवकोटा चोकमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणका बेला प्रयोग गरिने गम बुट र खाना बोक्ने हटकेस प्रदान गरिएको हो ।

संयुक्त संगठनले २८ पुरुषलाई गमबुट र २६ महिलालाई हटकेस गरी ४५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको जनाएको छ ।

यो सँगै संगठनलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याएका तथा ज्येष्ठ नागरिक रामप्रसाद भट्टराई, विजय घोष, मुना काफ्ले र आसारी खातुनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा निर्माण व्यवसायी संघ बिर्तामोडका अध्यक्ष सन्तोष राजवंशीले सम्मानसँगै सेफ्टी सामग्री प्रदान गरेका हुन् ।

संगठनका नगर अध्यक्ष सन्तोष नेम्वाङको सभापतित्वमा भएको कार्यक्रममा क्यूपेक नेपालका झापा अध्यक्ष देवकुमार राई, अखिल नेपालका नगर अध्यक्ष शम्भु हेमरम लगायतले आ–आफ्नो विचार राखेका थिए ।

संगठनका सचिव युवराज क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्यूपेक नेपाल अर्जुनधाराका सचिव कृष्ण बस्नेत गरेका थिए ।

संयुक्त भवन निर्माण मजदुर संगठन निर्माण मजदुरहरुको छाता संगठन हो । निर्माण मजदुरहरुको हितका लागि नेपाली कांग्रेस निकट मजदुर संगठन काउन, एमाले निकट क्यूपेक र माओवादीको अखिल नेपाल निर्माण मजदुर संघले संयुक्त संगठन गठन गरेको बताइएको छ ।