दनुवार जातिको पनि राजा रहेछन् भन्दा सहभागि आश्चर्य « Yalambar Times
५ आश्विन २०८१, शनिबार

दनुवार जातिको पनि राजा रहेछन् भन्दा सहभागि आश्चर्य


यलम्वर टाइम्स
१५ माघ २०७६, बुधबार १२:०२

अर्जुनधारा । दनुवार जागरण उत्थान युवा मञ्चद्वारा आयोजित एक दिवसीय दनुवार जातिको पहिचान विषय प्रशिक्षणमा दनुवार जातिको पनि राजा रहेछन् भन्ने कुरा थाहा पाएपछि सहभागिहरु आश्चर्य भएका थिए ।

मंगलबार युवा मञ्च अर्जुनधाराद्वारा आयोजित कार्यक्रममा सहभागिलाई प्रशिक्षण दिँदै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्वर १ का इन्चार्ज दिपीन राईले दनुवार जातिको उत्थान र अवस्थाबारे जानकारी गराउँदै नेपालको समयमा १४ औं शताब्दीमा मध्य तराईमा शासकीय सत्ता चलाउने तिरहुतियाका राजा हरसिंहदेव दनुवार थिए भन्दा सहभागिलाई आश्चर्य लागेको प्रशिक्षण कार्यक्रममा सहभागि विष्णुकुमारी दनुवारले बताइन् ।

प्रशिक्षणमा राईले नेपालमा मधेस र पहाडी गरि ६२ वटा जिल्लामा दनुवार जातिहरु रहेको र दुई हजार वर्ष अगाडिबाट भित्री मधेसमा बसोबास गर्दै आएको इतिहासमा रहेको जानकारी गराएका थिए ।

दनुवार युवायुवतीहरुको उल्लेखीय सहभागिता रहेको प्रशिक्षणमा २०६८ सालको जनगणनामा दनुवारहरुको संख्या ८४ हजार ११५ रहेको जानकारी गराउँदै यी जातिको मुख्य थलो सिन्धुली, उदयपुर, सर्लाही, सिराह र धनुषा रहेको जानकारी गराएका थिए ।

अर्जुनधारा–४ स्थित मदनपुरमा आयोजित कार्यक्रममा सहभागिहरुलाई आदिवासी जनजाति कसलाई भनिन्छ र आदिवासी जनजातिको अवस्था बारे जानकारी गराएका थिए ।

उत्थान मञ्चका अध्यक्ष दिपेन दनुवारको सभापतित्वमा भएको कार्यक्रममा सहभागि निलम दनुवार, विष्णुकुमारी दनुवार, मनिष दनुवार लगायतले यस्ता रचनात्मक प्रशिक्षण अझै आवश्यक भएको बताएका थिए ।