अर्जुनधारा हात्ती पाइले रोगीहरुको तेस्रो स्थान रहेको तथ्याङ्क « Yalambar Times
६ आश्विन २०८१, आईतवार

अर्जुनधारा हात्ती पाइले रोगीहरुको तेस्रो स्थान रहेको तथ्याङ्क


यलम्वर टाइम्स
१९ माघ २०७६, आईतवार ०९:५२

अर्जुनधारा । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले दिएको तथ्याङ्क अनुसार अर्जुनधारा नगरपालिकामा हात्ती पाइले रोगीहरुको संख्या तेस्रो स्थान रहेको बताइएको छ ।

आईतबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै हात्ती पाइले रोग निवारण कार्यक्रम बारे जानकारी गराउँदै अर्जुनधाराभन्दा बढी झापा गाउँपालिकामा १० प्रतिशत, दमक नगरपालिकामा ५ प्रतिशत र अर्जुनधारा नगरपालिकामा ३ प्रतिशत रहेको जानकारी गराइएको छ ।

स्थानीय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गर्दै लगिए तथ्याङ्क घटेर जाने बताउँदै स्थानीय सञ्चार गृहलाई प्रयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय हात्ती पाइले (फाइलेरिया) रोग निवारणका विषयमा सरल र सहज रुपमा औषधी सेवन गरे रोग निवारण हुने समेत जानकारी गराइएको थियो ।

राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रमका संयोजक जीवन चम्लगाईले २ वर्षदेखि ५ वर्षका बालबालिकालाई १ चक्की ६ वर्षदेखि १४ वर्ष समूहका लागि २ चक्की र १५ वर्षदेखि माथिका समूहलाई ३ च्क्की खुवाउनु पर्ने यो कार्यक्रम माघको २५ गतेबाट फागुनको पहिलो हप्तासम्म रहने जानकारी गराए ।

उनले प्रत्येक गाउँ, टोलमा स्वयम्सेविकाहरु परिचालन गरिएको जानकारी समेत गराएका थिए ।

वर्षको एक पटक औषधी सेवनले हात्ती पाइले रोग निवारण हुन्छ भने सेवन किन नगर्ने स्वास्थ्य कार्यालय झापाका निमित्त अधिकृत इश्वरीप्रसाद पौडेलले बताउँदै रोग भएका मान्छेले लुकेर होइन रोग निवारण गर्ने क्षमता राखेर मागर खाऔं ।

२०१७ को तथ्याङ्क अनुसार हाड्रोशिल, खुट्टामा ३७२, स्तन ११० र हात लगायत अन्य भागमा ७२ जना झापामा देखा परेको जानकारी दिए ।