अर्जुनधारा । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय सदस्य समेत रहेका मदन बुढाथोकीलाई थप जिम्मेवारी प्रदान गरिएको छ ।
माघ ५ गतेको पार्टी बैठकको निर्णय गरेअनुसार बुढाथोकीलाई प्रदेश नं. १ को संयोजकको जिम्मेवारी दिइएको जनाएका छन् ।
युवा तथा समाजसेवीबाट परिचित बुढाथोकी अर्जुनधारा वडा नं. ७ निवासी हुन् । लामो समयदेखि तरुण दलमा रहेर काम गर्दै आएका बुढाथोकीको पछिल्लो पटक समाजका हरेक क्रियाकलापमा बाक्लो उपस्थिति रहेको छ ।
उनले लकडाउनका बेला प्रचार–प्रसारमा नआउने शर्तमा नगरका विभिन्न क्षेत्रमा मात्र नभई अन्य जिल्लाहरुमा पनि पुगेर राहत प्रदान गरेका छन् ।