जनमुक्तिले झापा क्षेत्र नं. २ मा आफ्नो उम्मेद्वार उभ्यायो « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जनमुक्तिले झापा क्षेत्र नं. २ मा आफ्नो उम्मेद्वार उभ्यायो


यलम्वर टाइम्स
२३ आश्विन २०७९, आईतवार १२:१३

अर्जुनधारा । पहिचान पक्षको वकालत गर्ने पहिलो दल राष्ट्रिय जनमुक्ति पार्टीले झापा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आफ्नो उम्मेद्वार मनोनयन दर्ता गराएका छन् ।

आइतबार ठीक २ः३० बजे प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं. २ का लागि पर्शुराम थापा मगर र प्रदेश १ ‘क’ मा पार्वता माङ्मु र २ ‘ख’ का लागि विजय इङ्नामले दर्ता गराएको नगर अध्यक्ष राज खम्बूले जानकारी दिए ।

कार्यकर्ताका माझ आयोग पुगेका उम्मेद्वार पर्शुराम मगरले पहिचान स्थापना र सबै खाले अधिकार प्राप्तिका लागि हाम्रो पार्टी देशभरि नै उम्मेद्वारी दिएको बताए ।

उम्मेद्वारी दर्ता गराउन जाँदा संघीय सदस्य महिला नेतृ मीना पन्धाक, प्रदेश १ का सचिव कृष्ण थेवे, दिलीप राई, भुपाल राना, चन्द्र राना ‘लाफा’, यामबहादुर लावती, क्या. शिवकुमार राई लगायतको उपस्थिति रहेको थियो ।