उम्मेद्वार रानाले दिए छठ, चासोक र नेपाल सम्वतको शुभकामना « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

उम्मेद्वार रानाले दिए छठ, चासोक र नेपाल सम्वतको शुभकामना


यलम्वर टाइम्स
१३ कार्तिक २०७९, आईतवार ०९:४५

अर्जुनधारा । झापा क्षेत्र नं. २ का प्रत्यासी उम्मेद्वार हरिकुमार रानाले छठ, चासोक तङ्नाम साथै नेपाल सम्वतको शुभकामना प्रदान गरेका छन् ।

झापा क्षेत्र नं. २ का जनतालाई छठी माईले कल्याण गरुन् भन्दै सूर्यको उपसना बस्नु भएका तमाम् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।

यलम्वर टाइम्ससँगको सम्वादमा उम्मेद्वार रानाले उम्मेद्वारी चर्चासँगै नेपाली पर्वको विषयमा आफ्ना धारणा राखे ।

उनले किरात लिम्बू समूदायको न्वागी पर्व (चासोक तङ्नाम) का विषयमा पनि चर्चा गरे ।

न्वागी पूजा किरातीहरुको मौलिक पर्व हो । विशेष गरी यस पर्वमा नयाँ अन्न भित्र्याउनु अघि पूजापाठ गर्दै आफन्त र इष्टमित्रहरुलाई बोलाई शुभकामना आदनप्रदान गरिने भएको हुँदा चासोक तङ्नामको पनि शुभकामना व्यक्त गरे ।

यसरी नै नेवार सम्प्रदायको नयाँ सम्वत ११४३ को पनि शुभकामना व्यक्त गरेका छन् ।

उनीसँग चुनावी कुरा गर्दा सबैको साथ र सहयोगबाट आफ्नो विजय नजिक भएको बताए ।