इलाम क्षेत्र नं. २ को विकासमा कुनै कञ्जुस्याँई गर्दिनः उम्मेद्वार पालुङ्वा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

इलाम क्षेत्र नं. २ को विकासमा कुनै कञ्जुस्याँई गर्दिनः उम्मेद्वार पालुङ्वा


यलम्वर टाइम्स
१६ कार्तिक २०७९, बुधबार १०:४७

लारुम्बा । माङसेबुङ सेवा सावा मोजुलुङ पान्जुम्वोको आयोजनामा आज उम्मेद्वारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष तथा इलाम क्षेत्र नं. २ का प्रत्यासी उम्मेद्वार केपी पालुङ्वाले देश र यहाँको जनजीवन विदेशीको हातमा पर्न गएको हुँदा त्यसको सुरक्षा र संरक्षणका लागि राष्ट्रिय जनमुक्ति पार्टीले देशभरि नै उम्मेद्वारी दिएको बताए ।

उम्मेद्वार पालुङ्वाले किरात धर्मलाई प्रदेश नं. १ मा स्थापित गराउन, किरात धर्मावलम्बीहरुमात्र नभई प्रदेश नं. १ कै जनजीवन माथि उकास्न र भ्रष्टाचाररहित समाज निर्माणका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

‘माङको आशिर्वाद थाप्दै पटक–पटक विजय भई संसद प्रवेश गरे पनि यहाँको विकासलाई बेवास्था गरेको कारण अब त्यस्तो हुन नदिनका लागि मेरो उम्मेद्वारी हो’ कार्यक्रममा बोल्दै पालुङ्वाले अगाडि भने, ‘०७४ को चुनावमा म यसै क्षेत्रबाट उठेको थिए, हामी थोरै थियौं हाम्रो आवाज सुनुवाई भएन । तर, आज हामीले उठाएको आवाज बुलन्द बनेर आएको छ ।’

कार्यक्रममा उपस्थित सेवा सावाहरुले राखेको जिज्ञासाको उत्तर दिँदै पालुङ्वाले भने, ‘राष्ट्र हितको लागि म एक इन्च चुक्ने छैन ।’

कार्यक्रममा बोल्दै उम्मेद्वार पालुङ्वाले आफ्नो पार्टी भ्रष्टाचार मुक्त समाज निर्माणको लागि अगाडि बढेको बताए ।

उनले सबै स्थानहरुमा आफ्नो राम्रो पहुँच भएको बताउँदै यस क्षेत्रको विकास निर्माणमा कुनै कन्जुस्याँई नगर्ने बताए ।

माङ्सेबुङ सेवा सावाहरुको उन्नति र प्रगति, धार्मिक तथा भाषा, लिपीको विकासमा आफ्नो योगदान उत्तिकै रहने उनले सुनाए ।

इलाम क्षेत्र नं. २ का लागि कन्यामलाई देखाएर अन्य स्थानलाई अवहेलना गरेको आरोप लगाए ।

उम्मेद्वार पालुङ्वाले विभिन्न विकासे प्रलोभनमा पारी मत बटुल्दै विजयी हुँदै सत्तामा पुगे पनि यस क्षेत्रको उन्नति, प्रगति गर्नमा चुकेको हुँदा आफू सधैव यही क्षेत्रमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सेवा सावा नेत्र चेम्जोङ, कृष्णकुमार थेवे, कृष्ण जवेगु लगायतले आ–आफ्नो जिज्ञासा राखेका थिए ।