प्याब्सन अर्जुनधाराको सांस्कृतिक कार्यक्रममा सुब्बा सम्मानित « Yalambar Times
५ आश्विन २०८१, शनिबार

प्याब्सन अर्जुनधाराको सांस्कृतिक कार्यक्रममा सुब्बा सम्मानित


यलम्वर टाइम्स
२ पुष २०७९, शनिबार १०:३६

अर्जुनधारा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) अर्जुनधाराले शुक्रबार गायन तथा नृत्य प्रतियोगिता कार्यक्रम गरेको छ ।

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको सभापतित्व र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा प्याब्सन झापाका संस्थापक सदस्य तथा कालिका शिशु सदनका संस्थापक प्रिन्सिपल मोहन सुब्बालाई सम्मान गरिएको थियो ।

त्यस्तै प्रगति अंग्रेजी आवसीय माविका कर्मचारी कृष्णबहादुर तामाङलाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई झापाका प्रमुख राजकुमार विश्वकर्मा, वडा नं. ५ का अध्यक्ष गीताराज खड्का, पत्रकार दिपीन राई लगायतले प्याब्सनले गरेको कार्यप्रति प्रशंसा गरेका थिए ।

अर्जुनधारा–५ लक्ष्मिपुर स्थित होली बेसिल बोर्डिङ स्कुलको प्राङ्गणमा शुक्रबार आयोजित कार्यक्रममा नृत्यतर्फ एम्स एकाडेमी र कालिका शिशु सदन प्रथम भएको थियो ।

कालिका शिशु सदन राष्ट्रिय नृत्य विधामा प्रथम भएको थियो भने एम्स एकाडेमी सांस्कृतिक विद्यामा प्रथम भएको थियो ।

राष्ट्रिय विद्यातर्फ हिमाली एजुकेशन फाउण्डेशन र रुपरत्न मेमोरियल बोर्डिङ स्कुल क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

त्यस्तै सांस्कृतिकतर्फ स्वस्तिका शिशु सदनले दोस्रो स्थान लिन सफल हुँदा रुपरत्न मेमोरियल बोर्डिङ स्कुलले तेस्रो स्थान ओगटन सफल भएको थियो ।

कार्यक्रमको सञ्चालन प्याब्सनका सचिव राजेशकुमार आचार्यले गरेका थिए ।