अर्जुनधारा जेसीजको अध्यक्षमा खड्का « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारा जेसीजको अध्यक्षमा खड्का


यलम्वर टाइम्स
२२ पुष २०७९, शुक्रबार ११:५६

अर्जुनधारा । अर्जुनधारा जेसीजको ११ औं साधारणसभाले सन् २०२३ का लागि युवा व्यवसायी प्रेम खड्कालाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।

शुक्रबार जेसीज भवनमा आयोजित सभाले खड्कालाई निर्वाचित गरेको हो ।

उनीसँग बसन्त बुढाथोकी प्रतिस्पर्धा गर्ने भए पनि अन्त्यमा खड्कालाई समर्थन गर्दै नाम फिर्ता लिएपछि खड्का सर्वसम्मत निर्वाचित भएका हुन् ।

अर्जुनधारा–५ निवासी खड्का बिर्तामोड स्थित हलेसी फर्निसिङका प्रोपाइटर हुन् ।

२०२३ का लागि कार्यकारी उपाध्यक्षमा बालगोपाल गौतम, वरुण माझी र प्रजित थापाको उम्मेद्वारी परेको छ ।

जेसीजको विधान अनुसार शाखाको कार्यकारी उपाध्यक्षमा दुई जना रहने प्रावधान रहेको छ ।

त्यस्तै चार उपाध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी परेको छ ।

जसमा भिम बराल, मनोज सिटौला, सुमन ओली, घनेन्द्र डाँगी र गौरव भण्डारीले उम्मेद्वारी दिएका छन् ।

११ औं साधारणसभाको उद्घाटन वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडाले गरेका थिए ।

अध्यक्ष भीम कुँवरको सभापतित्वमा भएको कार्यक्रममा जेसीज आस्था कार्यकारी उपाध्यक्ष विमला भट्टराई र स्वागत अर्का कार्यकारी उपाध्यक्ष प्रेम खड्काले गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरुको सहभागिता रहेको महासचिव वरुण माझीले बताए ।