अर्जुनधारामा ज्येष्ठ नागरिकबाट छोरीबुहारीहरु सम्मानित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारामा ज्येष्ठ नागरिकबाट छोरीबुहारीहरु सम्मानित


यलम्वर टाइम्स
१६ फाल्गुन २०७९, मंगलवार ०८:१५

अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले एक कार्यक्रमका बीच नगरका उत्कृष्ट छोरीबुहारीलाई सम्मान गरेको छ ।

अर्जुनधारा नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक समाजको आयोजनामा भएको कार्यक्रममा अर्जुनधाराका ११ वडालाई समेट्दै ११ छोरीबुहारीलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा वडा नं. १ बाट धनमाया फागो, वडा नं. २ बाट नरकुमारी समाल, वडा नं. ३ बाट द्रौपदा आचार्य, वडा नं. ४ बाट मेरीला तामाङ, वडा नं. ५ बाट शकुन्तला बस्नेत, वडा नं. ६ बाट सीतादेवी बस्नेत रहेकी छिन् ।

यसरी नै वडा नं. ७ बाट चन्द्रकला भुजेल, वडा नं. ८ बाट विन्दु खतिवडा, वडा नं. ९ बाट राधिका भट्टराई, वडा नं. १० बाट निर्मला नेपाल र वडा नं. ११ बाट मिना खड्का रहेकी छिन् ।

उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुलीले दोसल्ला, सम्मानपत्र र नगदले सम्मान गरेकी थिइन् ।

समाजका अध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङ्नामले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र तिम्सिनाले गरेका थिए ।