माओवादीको असमर्थनपछि प्रदेश सरकार ढल्ने निश्चित « Yalambar Times
७ बैशाख २०८२, आईतवार

माओवादीको असमर्थनपछि प्रदेश सरकार ढल्ने निश्चित


यलम्वर टाइम्स
२३ जेष्ठ २०८०, मंगलवार ११:१२

विराटनगर । पहिचान पक्षधरको आन्दोलन पेचिलो बनिरहेको बेला कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

यसअघि माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेश संसद सचिवालयलाई गराएको थियो ।

पहिचानको मुख्य नारा लिएर आएको माओवादी केन्द्रले पहिचान पक्षमा आफ्नो समर्थन अटुट रहेको जानकारी दिँदै हिक्मत सरकारलाई सहयोग गरे पहिचान आन्दोलन असफल हुने भएको हुँदा राजीनामा दिन बाहेक अर्को विकल्प नरहेको एक नेताले बताए ।

यसअघि मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन जनाउँदै आएको जनता समाजवादी पार्टीको तर्फबाट स्वास्थ्य मन्त्री बनेकी निर्मला तावाले पहिचानभन्दा ठूलो पद नभएको भन्दै राजीनामा दिएकी थिइन् ।

यो सँगै हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार ढल्ने देखिन्छ ।