पहिचानको आन्दोलनलाई शान्तिपूर्ण र अत्याधिक जनमानस कसरी उर्तान सकिन्छ भन्ने विषयमा छलफल गर्न जरुरी देखिन्छ । प्रदेश १ लाई कोशी नाम दिएर सरकार अगाडि बढेपछि कोशीका नाममा अत्यन्तै ठूलो असन्तुष्टि देखा परेपछि विद्रोह हुँदै आएको हो । विद्रोहसँगै एक पहिचानवादीको मृत्यु हुनका साथै करिब दुइ सयभन्दा बढी घाइते भइसकेको अवस्था छ । विद्रोहकै नाममा सांसद खेदाउनेदेखि सदन घेरा गर्ने कामसम्म नभएका होइनन् । आन्दोलन उत्कर्षमा पुग्दै जाँदा प्रदेश १ का सांसद कोही पनि सजिलै कार्यक्रममा हिंड्न सकिरहेका छैनन् । बजेट समापनसँगै उद्घाटन र शिलान्यास जस्ता कार्यक्रमहरु रोकिएका छन् । मुख्यमन्त्री हिक्मत कार्की पनि बिराटनगर बाहिर निस्कन सकेका छैनन् । बिराटनगरमै बसेर पहिचान पक्षलाई सम्बोधनका भावहरु पोख्न सकिरहेका छैनन् । त्यसो नहुँदा आन्दोलन पेचिलो बन्दै गएको देखिन्छ ।
आन्दोलन शान्तिपूर्ण हुनुपर्छ र जनता आकर्षक हुने खालको पनि हुन जरुरी छ । पहिचानवादीहरु एक हौ भनेको भरमा सबै मानिस जुट्न पनि गाह्रो हुने देखिन्छ । हिजो पहिचान मेट्न पाइदैन भन्ने शब्दमा परदेशीहरुको पूर्ण सहयोग र साथ रहेको थियो । भोली पनि त्यो साथ रहने नै छ, तर अर्को आन्दोलन र मुद्दा के मा केन्द्रीत हुने हो त ? प्रश्न पहिचान पक्षलाई पर्न जान्छ । त्यसो हुँदा पूर्वले चाहेको एउटै नाम वा सबैको भावना, धर्म संस्कृति अटाउन सक्ने नाममा केन्द्रीत भएर गए आन्दोलन अझ उचाईमा पुग्ने निश्चित छ ।
अन्त्यमा आन्दोलनरत पहिचान पक्षलाई वार्ता र बहसमा ल्याउन सहयोग गर्नको बदला पहिचान पक्षसँग भिड्न नेकपा एमाले पक्षधरले गरेको आह्वान अत्यन्तै अराजक मनस्थिति हो भन्न सकिन्छ । जातिले जातिलाई नै भिडाएर राज गर्नु कसका लागि राजनीति गर्ने ? यस विषयमा छलफल हुन जरुरी छ । एक पक्षिय नश्लीयवादले पहिचान विरोधी काम गर्यो भन्ने आरोप आइरहँदा जातिजाति बीच भिडन्त गराएर अराजक फैलाउने दुश्प्रयासलाई रोक्न जरुरी छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको भनाईमा लाग्ने हो र भिडन्त हुने हो भने यसको जिम्मा एमालेले लिनुपर्ने हुन्छ । त्यसप्रति गम्भीर हुन सम्बन्धित पक्षलाई अनुरोध छ ।