बाढीका कारण फिदिम–ताप्लेजुङ सडक पुनः अवरुद्ध « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

बाढीका कारण फिदिम–ताप्लेजुङ सडक पुनः अवरुद्ध


यलम्वर टाइम्स
२९ असार २०८०, शुक्रबार १०:३६

झापा । केही दिनयता परेको अबिरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा फिदिम–ताप्लेजुङ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

असार २ गते आएको बाढीले हेवा खोलाको पुल बगाएपछि डाइभर्सन गरि सडक सुचारु हुँदै आएको थियो । तर बिहीबार बिहान आएको बाढी फिदिम–४ र हिलिहाङ–७ लाई जोड्ने हेवाखोलामा बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको हो ।

बुधबार साँझको बाढीले डाइभर्सनको सतह पार गर्दै छेकबारका लागि राखिएका ढुंगामाटो सबै बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । हेवाखोलाको उद्गमबिन्दु फालेलुङसँगै विभिन्न स्थानमा राति वर्षा भएपछि खोलामा पानीको मात्रा बढेको हो ।