कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएमा ५० हजारसम्म जरिवाना « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएमा ५० हजारसम्म जरिवाना


यलम्वर टाइम्स
३१ असार २०८०, आईतवार १२:१७

सुरुङ्गा । झापा स्थित कनकाई नगरपालिकाले साउन १ गतेबाट लागू हुने गरी सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । कसैले अटेर वा बेवास्ता गरी नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा ऐन बमोजिम अधिकतम रू ५० हजारसम्म जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय नगरसभाबाटै गरिएको हुँदा यदी कसैले अटेर गरे नगरको कानुन बमोजिम कारवाही गरिने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।