अर्जुनधारा । प्रदेश नं. १ को खेलकुद विकास बोर्डको सदस्यमा झापाका गौरीमान राई नियुक्त भएका छन् ।
सामाजिक क्षेत्रमा क्रियाशिल राईलाई प्रदेश सरकारले शुक्रबार बोर्डको सदस्यमा नियुक्त गरेको हो । जसपासँग नजिक रहेका राई बिर्तामोड निवासी हुन् ।
त्यस्तै प्रदेश नं. १ प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त गरिएको छ ।
शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।
कार्की प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् ।
यस्तै विकास बोर्डको सदस्यमा मदन खड्कालाई पनि नियुक्त गरिएको जनाइएको छ ।