अर्जुनधारा धाममा असार २९ गते भक्तिमय रामायण पाठ प्रतियोगिता हुने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधारा धाममा असार २९ गते भक्तिमय रामायण पाठ प्रतियोगिता हुने


यलम्वर टाइम्स
२२ असार २०८१, शुक्रबार १२:४४

अर्जुनधारा । आदिकवी भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर अर्जुनधारा जलेश्वरधाममा भक्तिमय रामायण पाठ प्रतियोगिता हुने भएको छ ।

असार २९ गते हुने रामायण पाठ प्रतियोगितामा झापा जिल्ला भरीका २५ वटा गुरुकुलका विद्यार्थी र शिक्षकहरुको सहभागिता रहनेछ ।

रोचक र सरल भाषामा सबैले बुझ्न सक्ने रामायण पाठ भक्तिमय हुने बताइएको छ ।

अर्जुनधारा जलेश्वरधामको आयोजनामा हुने भनिएको प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणपत्र रहने धामका सांस्कृतिक विभागका संयोजक कृष्ण पौडेलले जानकारी दिए ।