अत्याधिक गर्मीकै कारण झापामा तीनको मृत्यु « Yalambar Times
६ आश्विन २०८१, आईतवार

अत्याधिक गर्मीकै कारण झापामा तीनको मृत्यु


यलम्वर टाइम्स
६ आश्विन २०८१, आईतवार १०:५८

अर्जुनधारा । अत्याधिक गर्मीले मानव जीवन असहज हुँदै गइरहेको बेला झापामा तीन जानको मृत्यु भएको खबर छ ।

अर्जुनधारा–१ सिस्ने निवासी ७२ वर्षीय प्रेमबहादुर राईको गर्मीकै कारण प्रेसर बढेपछि उपचारको क्रममा निधन भएको छ ।

यसरी नै कनकाई नगरपालिका अन्तर्गत कोटीहोममा पनि एक वृद्धको गर्मीकै कारण मृत्यु भएको खुलेको छ । उनको पहिचान भने खुल्न बाँकी नै रहेको छ ।

यस्तै बिर्तामोड–६ स्थित राधिका जोगीको पनि गर्मीकै कारण मृत्यु भएको जनाइएको छ ।

विगत ४ दिनदेखि गर्मीले सीमा नाघेपछि त्यसको प्रत्यक्ष असर वृद्ध तथा बालबालिकाहरुमा देखिएको छ ।

गर्मीले घमौरा र श्वासप्रश्वासमा असहज हुने, झाडापखाला लाग्ने भएको हुँदा बासी खानेकुरा नखान र अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

झापाको तापक्रम ३७ डिग्री सेल्सियस रहेको जनाइएको छ ।