सूचना बहाक शिवसताक्षीका नगर प्रमुख थोप्रा « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

सूचना बहाक शिवसताक्षीका नगर प्रमुख थोप्रा


यलम्वर टाइम्स
२४ आश्विन २०८१, बिहीबार १०:१९

झिलझिले । ‘सम्पूर्णमा जानकारी ! वर्षायाममा बाढी पहिरो र कटानले जनजीवनलाई कठिनाई पर्छ बेलैमा सतर्कता अपनाउ है…’ भन्दै कनकाई नदीको दोमुखा क्षेत्रबाट बिहान ६ बजे सन्देश दिने नगर प्रमुख हुन् शिवसताक्षीका रोशन थोप्रा ।

निरन्तर वर्षा हुँदै थियो भने कनकाई नदीमा पानीको बहाव बढिरहेको थियो । निरन्तर पानी परिरहँदा भिजिसकेका थिए नगर प्रमुख थोप्रा । रै पनि आफ्ना नागरिकलाई सचेत गराउन सूचना बहाक भएर आफ्नो फेसबुकबाट सूचना प्रवाह गरिरहेका थिए । ‘यस्तो जोखिमबाट बच्न सर्तकर्ता अपनाऔं’ उनी भन्दै थिए, ‘लगातार परेको पानीले कनकाई नदी बढ्दा यसका आसपासमा रहनुभएका नागरिकहरु सचेत रहनुहोला ।’

वर्षा भरी नभनी बिहानै नदीको बहाव बुझ्न दोमुखा पुगेका नगर प्रमुख थोप्राले सन्देश दिँदै गर्दा सबैले धन्यवाद दिएका थिए । नगर प्रमुख थोप्राले जिम्मेवार अभिभावकत्व निर्वाह गर्दै आफ्ना नागरिकका लागि फेसबुकमा राखिएको भिडियो ८० हजारभन्दा बढीले हेरेका थिए ।

असोज ८, ९, १० र ११ गते लगातार वर्षा भएको थियो । उनी बाढी प्रभावित ठाउँमा पुगेर सान्तवनासँगै सहयोग प्रदानमा जुटेका थिए । कटान क्षेत्रमा आफै पुगेर सुरक्षित हुने सन्देश दिएका थिए । पीडित क्षेत्रमा श्रमदान गर्न नगरवासीहरुलाई आग्रह गरेका थिए । क्षति पुेगका स्थानमा आफै पुगेर ४–५ घण्टा श्रममा खटिए । उनको यो कर्मलाई देखेर सबै चकित भएको सन्देश पनि उनको फेसबुकमा छ ।

नगर प्रमुख थोप्रा भन्छन्, ‘जनताको काम गर्न आएको हुँ । सकेसम्म र शरीरले भ्याएसम्म शिवसताक्षी नगरवासीको सेवक भएर लाग्नेछु ।’ धेरै जसो आफ्नै कार्यकक्षबाट नगरमा के हुँदैछ ? के गरिदैछ ? भन्ने विषयमा सन्देश प्रवाह गरेको पाइन्छ । फेसबुकलाई राम्रो सदुपयोग गर्ने नगर प्रमुख मध्ये शिवसताक्षीका रोशन थोप्रा अग्रस्थानमा पर्छन् ।

ज्येष्ठ होस् या युवा सबैका प्रिय बन्दै गएका नगर प्रमुख थोप्रा आफ्नो कार्यकालभरी जनतालाई सेवासँगै घरआँगनमा पुगेर साक्षत्कार गर्ने गरेका छन् । शिक्षा, खेलकुद, बालबालिकाको विषयमा उनी निकै अगाडि छन् । राम्रो काममा जुट्दा नराम्रो काम हुन पुगे सल्लाह सुझाव दिन आम नगरवासीमा अनुरोध पनि गरेका छन् ।