समयसँग हामी « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

समयसँग हामी


यलम्वर टाइम्स
२५ आश्विन २०८१, शुक्रबार ११:४४

[लीला राई]

समयले मानिसलाई कहाँ–कहाँ पु¥याउँछ भन्ने गीतले एकैछिन मानिसलाई सन्तुष्टि दिलाएतापनि समयलाई मानिसले सदुपयोगसँगै पहिचान गर्न नसक्दा प्रायः मानिस पछुताउने गरेका छन् । समय बलवान् हो । जे कुरा गर्दापनि समयकै आडमा हामीले गरिरहेका हुन्छौं । समयलाई चिन्न र सदुपयोग गर्न सकेनौं भने हामी निराशाको भारी बोक्न बाहेक अरु केही गर्न सक्दैनौं । तपाई, हामी प्रगति गर्दैछौं भने समयलाई ख्याल गरेर गर्दैछौं भनेर बुझ्नु पर्दछ । निराशजनक जीवन र उद्योगतितिर हिड्दैछौं भने हामीले समयलाई चिन्न सकेनौं भनेर बुझ्न जरुरी छ ।

ठूला–ठूला आक्रमण र घटनाकाण्ड समयकै कारणले भएको देखिन्छ । चाहे त्यो महाभारत काण्ड होस् या सत्ताका कुनै पनि फेरबदलका घटना होस् । नेपाल र अंग्रेजको युद्ध पनि समय तालिकाबाटै लडिएको युद्ध हो । समयलाई ख्याल नगरी एक्कासी नेपालीलाई नालापानीमा अक्रमण गर्न हिडेका जनरल जिलेस्पीको मृत्यु भएको थियो । नेपाल एकिकरणमा पृथ्वीनारायाण शाहले गरेको आक्रमण पनि समय तालिकाबाटै भएको देखिन्छ । युद्धमामात्र होईन प्रगतिका कार्यमा पनि समय महत्वपूर्ण हुन्छ । सामान्यतयाः उदाहरणका लागि समयमानै एउटा बालकले अध्यायन गरेन भने भविष्यमा उसको विद्वता कस्तो हुन सक्छ ? त्यसैले विकसित राष्ट्रमा समयलाई भगवान स्वरुप मान्ने गर्छन् । र समय चिन्ने राष्ट्र विश्वका नाम चलेका धनी देश हो भन्ने गरेका छन् ।

ज्योतिषशास्त्रमा पनि समयलाई महत्वपूर्ण रुपमा हेर्ने गरिन्छ । समय, घडी, पल्ला मिलेको जो कोहीको चिना हेरियो भने भविष्य देख्न सकिन्छ । युगौं पहिलादेखिनै नयाँनौलो काम गर्नु प¥यो र कहीकतै लम्कनु प¥यो भने समयको पूजा गर्ने गरेको पाउँछौं । अन्तरिक्षमा वैज्ञानिक जादैछ भने पनि समय मापन गरेर जाने गरेको हामी पढ्न र सुन्न गरेका छौं । त्यतिमात्र होईन तपाई, हाम्रो कर्मपनि समयले नै मापन गरिदिएको ज्योतिषशास्त्रले जनाएको छ । त्यसकारण हजारौं डल्ला सुनभन्दा पनि समयको महत्व अधिक हुन्छ भनेर प्रख्यात व्यपारीहरु भन्ने गर्छन् । विश्वका धनी विलग्रेट्सदेखि नेपालका विनोद चौधरीले पनि समयलाई अङ्गालेर एक्लै कार्य गर्न सम्भव नहुने हुँदा सयौं कर्मचारीहरु प्रयोग गरी व्यवसाय चलाएका छन् ।

समय प्रगति गर्ने जो कोहीको साथी हो भन्दा फरक पर्दैन । एउटा सक्षम नेतृ पूर्व प्रधानन्यायधिश शुशिला कार्की समयको पावन्दीमा हिंड्दा उनको प्रगति देखेर थुप्रै लोभिएका छन् । उनको प्रगतिमा डाह गर्नेहरु जहाँको त्यही छन् । सक्षम र अब्बल पूर्व प्रधानन्यायधिश कार्की समयलाई ख्याल गरेर हिडेकै कारण अरु प्रधानन्यायधिश भन्दा कम छैनन् । समयलाई तपाईले कतिको चिन्नु भएको छ ? यो प्रश्नलाई आत्मसाथ गर्दै मेहनतका साथ कर्म गर्ने हो भने सफलताको शिखरमा पुग्न असम्भव हुदैन ।

धनी राष्ट्रका पाठ्यक्रममा समयको पाठ अध्यायन गराइने देखिन्छ । र त्यही अनुसार कार्य गर्न व्यावहारिक अभ्यास गराईन्छ । छिमेकी राष्ट्र चिनको कुरा गरौं ! कुन बच्चाले कुन समयमा कुन विषय पढ्ने र प्रयोगमा ल्याउने भन्ने तालिका हुन्छ । त्यसै अनुरुप तपाई हामीले लगाउँदै आएको पिलपिले घडी १२ वर्षका विद्यार्थीहरुले बनाउने गर्छन् । १६ वर्ष पारगरेका विद्यार्थीले रेडियो, टेलिभिजन र २० देखि २२ वर्षका विद्यार्थीले क्यामेरा, ड्रोनक्यामेरा र इन्जिनियरिङ्ग सामाग्री बनाउने गर्छन् । उक्त सामाग्री अन्य राष्ट्र साथै विकसित राष्टूहरुमा समेत निर्यात गर्ने गरिन्छ ।

विकसित राष्ट्रहरुमा समयअनुसार बनाईएको शिक्षा भएकाले कलिलै उमेरमा उन्नतिको बटोमा पुगेको हामी पाउँछौ । तर नेपालमा त्यस्ता समय चिन्ने शिक्षा निर्माण नहुँदा जति उमेर पुगे पनि जीवन जीउने आधारहरु नहुँदा गरिबीको छायाँमा रहनु बाध्यता छ । समयलाई पहिल्याउनुको सट्टा बगेको पानी र जवानी एकै ठाउँमा रहन सक्दैनभन्दै चित्त बुझाउने गरेको हाम्रो समाजले प्रगति गर्न धेरै समय लाग्ने देखिन्छ । केहीले आर्थिक सञ्चित गरेको देखिए पनि त्यसलाई नसिध्याएसम्म काम नगर्ने हाम्रो बानीले धेरै हुनेखानेहरु पनि दयनीय अवस्थामा पुग्दै गरेको कदेख्न सक्छौं । तसर्थ समयलाई चिन्न सक्नु आजको आवश्यकता हो ।