बाँसुरीका पारखी क्या. शिवकुमार « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

बाँसुरीका पारखी क्या. शिवकुमार


यलम्वर टाइम्स
२५ आश्विन २०८१, शुक्रबार १२:३५

अर्जुनधारा । बाँसुरीको धुन सुनेर आनन्द लिनेलाई भन्दा बाँसुरी बजाउने जो कोही कलाकारलाई सुरिलो धुन सुनाउन पाउँदा औधी खुसी हुन्छ ।

वनपाखामा गाईवस्तु चराउने होस् या कुनै सांगीतिक कार्यक्रममा होस्, बाँसुरीको धनु बजेपछि जस्तै मानिसहरु पनि एकैछिन ठिङ्ग उभिएर मोहित हुने गर्छन् । त्यस्तै मोहित बनाउन सक्ने योद्धा हुन् क्या. शिवकुमार राई ।

विभिन्न सामाजिक संघसंस्थामा बसेर सेवा गर्दै आएका क्या. राईले सांगीतिक कार्यक्रममा विभिन्न तालको सुरिलो भाका निकाल्दै उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिँदै आएका पनि छन् ।

क्या. राई भारतीय सेनाबाट रिटायर्ड भएका एक सामाजिक व्यक्ति हुन् । आफूलाई सबै कुरामा फिट राख्न सक्ने खुबी छ । प्रायः किरात राई यायोक्खाको कार्यक्रममा सहभागिहरुलाई बाँसुरीको धुनबाटै स्वागत गर्ने गरेका छन् ।

आफूलाई कलाकार नठान्ने उनी बाँसुरी बजाउने एउटा पारखीको रुपमा भने परिचय छन् । झापा अर्जुनधारा–८ शनिश्चरेको बिजुली लाइनमा बस्दै आएका क्या. राईले नेपाली तथा भारतीय पुराना गीतका धुनसँगै लोकगीतका धुन मज्जाले दर्शकहरुलाई सुनाउन सक्छन् ।

बाँसुरी बजाउन कहाँबाट प्रेरणा मिल्यो भनी प्रश्न गर्दा आफ्नो पहाड खोटाङमा प्रायः बाँसुरी बजाउने चलन रहेको सुनाउँदै त्यहीबाट सिक्दै आएको बताए । राईले पल्टनमा पनि बाँसुरी बजाउँदै आएका थिए । जागिरबाट रिटायर्ड भएपछि त झन बाँसुरीको धुन निकाल्न माहिर बनेका छन् ।