देश लुट्ने भए, जनतालाई शोषण गर्ने भएः प्रचण्ड « Yalambar Times
६ मंसिर २०८१, बिहीबार

देश लुट्ने भए, जनतालाई शोषण गर्ने भएः प्रचण्ड


यलम्वर टाइम्स
२६ कार्तिक २०८१, सोमबार ०८:३७

झापा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धका लागि ७५३ वटै पालिकामा खबरदारी सभा गरिने बताएका छन् ।

भ्रष्टाचारको चङ्गुलमा मुलुक फस्दा व्यथिति बढेर जनता आजित भइरहेको बेला खबरदारी सभ ागर्न लागिएको बताए ।

अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नभइञ्जेलसम्म ठूला दल हुँ भन्नेहरुले देश लुट्ने, जनतालाई शोषण गर्ने भएकोले त्यसको अन्त्यका लागि एक जुट हुन आम नेपाली जनमानसमा पुग्ने पनि बताए ।

बागमती प्रदेशले कात्र्तिक १० गते आयोजना गरेको सभामा बुद्धिजीवि, आम नागरिक समाजले एक पटक मुलुकलाई नेपालीजनको मन जित्ने गरी अगाडि बढिदिनु पर्यो भनेर आह्वान गरेका थिए । त्यसैले स्वस्थ्य शरीर लिएर एक पटक नेपाली जनताको पक्षमा देश दौडाह गर्ने छु र भन्ने छु, प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा भए देशमा ५ वर्ष जनताको पक्षमा काम गर्ने थियो । भ्रष्टाचारीहरु कठघरामा उभिने थिए ।

पालिका तथा प्रदेशमा भएको व्यथिति ठीक ठाउँमा आउने थियो तर, कांग्रेस, एमाले हामी विरुद्ध भएकाले जनताको लागि राम्रो काम गर्न नसकिएको बताए ।

उनले अगाडि भने, ‘कमिशन खोरी, व्यथिति र भ्रष्टाचार विरुद्ध लड्न म थाकेको छैन । यसको अन्त्य गरेर मात्र विश्राम लिनेछु ।’

सत्ता पक्षका मानिसहरुले उल्टोपाल्टो बोलेर, लेखेर भ्रम फैल्याउछन्, कहिले टाउकोको मोल तोक्छन्, होपलेस भइसक्यो भन्छन् तर खबरदार ! माओवादी केन्द्र थाकेको छैन । प्रचण्डले गलेको छैन, –उनले थपे ।

हामी जनताकै पक्षमा छौं । सम्पूर्ण देशमा रहेका नागरिक जनसमुदायहरुले मागेको र संविधानले दिएको पक्षमा छौं । राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले यस्तो तर्क राखेका थिए ।