[व्यंग्यनारान पाँडे]
“मुर्रा….! इन्ड्यान मुर्रा भुइँसीका तिग्रे–गर्धने–जुरे छाउराहेरू !… तेस्सिमा साँढेहरले यो बुद्द भग्वान जन्मेको पइत्र र अहिम्साको देशको बाटो हुँदै अब ‘मासु’–मा उल्था भई चाइना पुगेर खाने भए खैनी !… एत्राको वाइँवाइँ न आइँआइँ ! देशका छेरौटीले मर्न नसकेका पोचा जन्ता पढ्केहरका समविर्दि लेराउने एउडा आर्काे मोष्ठ काम गरिबक्सिनु भ’छन् हामेरका ‘बा – आइलप इउ’ मउसुपले एसनजबबाजी सपरिवाल चाइना भर्मनमा ग’र “… ….. जस्ता के–के दुर्बाेध गनगन गर्दै आज निकै सातापछि कमरेड हरिराम पुरेत बाजे मकहाँ आइरथे ।
उनले पनि टाउकामा सँधै हुने चुच्चे ढाका टोपी–सोपी आफलेर काग–स्टाइलको ‘बाल काटेको’ कपाल पाल्न थालेछन् । र, अरूहरू पनि के–के निकै नै परिवर्तन देखेंं मैले !….उनी उही खुदी–+मर्चा ‘पेट्रा’ हो कि कोदो+मर्चा ‘पेट्रा’ठस्स गन्हाउने सास ह्वारह्वार फ्याँकेर ख्वाक्–ख्वाक् खोक्तै र स्याँक्–स्याक् उँभौली सिँगान पनि तान्दैथे घरिघरि !…..
मैले हाँस्तै सोधें –“हन तपाईंको पहिरन र कपालहरूमा ठूलै चेन्ज आ’छ नि कमरेड बाजे ? कि बीचमा अमेरिकातिर घुम्न जानु भएर यतिका दिनपछि रूपै फेरेर आउनु भएको हो हँ ?“
उनले झनक्क तातेको छटा देखाउँदै खस्रो स्वरमा जिब्रो लटपट्याउँदै भने –“रानीतिकको पोल्टिकल खेल्ने पर्साेनालिटिक भ’को मान्छेले रूप र वोली–वच्चन च्यान्जिङ गर्न नजानेर हुन्छ त ? कुरा गर्छाै सानो केटोले टपरामा पेसाप फेरे जइसो । हन हामेरका ‘बा’–ले तिस्रो खेप पर्दानमन्त्री खाइरँदा समेत ह्वाँको इजोत–पेस्टिच राख्न ह्वाँको जइसेइ जन्ता मख्ख पार्ने बोली–वाक्के हाँक्न सिक्नु भाछैन तपइँहरले ? हन तपइँहेरू निर्दले पञ्चेत वेवस्ताका अःतःकै खलक होऊ कि क्या हो हन !…..
मैले के भनुँ के भनेर सोच्तैथें, उनैले उनै थपे –“भइगो ल, यो टपिक याँहीँ डरप गरम् । मलाई ‘माथि’–कै निर्लयबड आउँदो अगामी ’मिसिन अएट्टी फोहोर’–मा हाम्रो गाम–टोलबड क्यान्द्रीए साम्सत बनाउने सिउरली भइसक्या छ । उइले पाहाडको हामेरको गाममा म गामफर्कको राजभत्त उपपर्दान पञ्च भ’र काङरेज–कमिनिसका टुप्पीबड ध्वाँ छुटाउन सक्रिअ भइराखेका ट्याममा राजदर्बारका राज्जारानीको निर्लय बज्र झैं बजरठिङ्गा हुन्थ्यो, ऐले हामेरका ‘बा’–का हुकुम नभई कार्रेकर्तादेखुन् साम्सत–उम्सत हुन पा’ त थुक्क । एउडो पात हल्योस् के ए देशाँ ! यो कुरो नबिस्री बुजिराख । नत्र रभी लाम्मिछानेमा टाँसलेसन होउला । था छ कि छैन ?”
उनले केको सुरमा हो कुन्नि, थुक उछिट्याउँदै यसो पनि भने र म पनि उनलाई गलहत्याएर लगार्ने मनस्थितिमा पुगिसकेको थिएँ । तर, किन हो, उनी एकखेप खत्खत हाँसे र नरम स्वरमा भने –“मेन चइँ टपिकमा डिस्केस गरउँ हओ पाँडेजी, किन गर्मागर्मी फाइट नार्नु !… अन्त तो क्याति अरे ? तो गउँथलीको बाऊ क्या । आज बेहानको एक्का मर्निङमै लाएछन् क्यार कोदोप्याट्रा हो कि खुदीप्याट्रा र छिमेकिका घर–घरमा गफेडा हाँकेर ’डिस्टर्बिङ’ गर्दै हिन्ने करममा मेरामा आइरथे । ती मान्छे किन बाँच्या हुन्, धर्तीका बोज? प्वाक्क हुनु नि बरु ।”…..
मैले हलुका हाँसो हाँस्तै सोधें –“किन र कमरेड पुरेतजी ?”
उनले दाहिने हातका ओैंला आफूतिर घोप्ट्याएर त्यसका नङमा कट्कटिएका मैला देब्रे हातको चोर ओैंलाको नङले कोतर्दै भने –“किन र अब ! ती मान्छेको टाउकाभित्र गिदीमा ‘किडनी’ नै छैन कि गिदीका दोडै किडनी कोदोप्याट्राले डेमेच पो भको हो कि, बुद्दिको इन्टेलेक्चोलता पिटिस्सै देख्तिन म !”
उनका लैबरे कुरा सुनेर म एक रील फुल भोल्यूम हाँसें र सोधें –“किन ? के भने उनले ?”
उनले ख्वाक्क खोके अनि आँगनका बीचमा पर्ने गरी एक रुपैयाँको ठेनी जस्तो बाक्लो–गोलो ढिक्को थुकेपछि भने –“हुन ता ती पनि हामेरकै ‘बा’–को कान्छी अम्लाको इस्यारामा चलिराख्या ऐलेको ‘लोतन्त्र’–को ‘गनतन्त्रे’ सर्खार हाँकिरएको हामेरकै पाटीका ‘एक भोटे कम्रेट’ हुन् र तेसकार्ण उनका कुराको तात्पर्जे मैले अन्करेक् मान्न मिल्दैनथ्थो– करेक् नै मान्नुपर्ने मेरो ‘डिस्पिलिन मैनट्यान’ अन्सार मैले करेक् नै मानें ।”….
उनी भन्दै गए –“के कुरो भन्लाऊ भने, ती क्या त – अस्ति यइ दुई हज्जार एकासी साल मुङसिर सत्र गते सउँबार पर्तिपदा तिथिका दिनको साइतमा हामेरका ‘बा मउसुप’ अस्सी र सात जानाको पल्टनै हाँकिबक्सिनु भई चाइना स्वारी भइक्सेका ट्याममा चाइनाका ठूलाठाला मान्छेले भुइँसी नेपालमै मारेर मासु बनाएर रेगुलर उपलब्द गराइदिने डिमान हामेरका बा समच्छे बिन्ती बिसाछन् क्यार र बाबाट हुन्छ भन्ने हुकुम बक्सेसि एर्रिम्यानमा स्ही–छाप भएको खबर भन्दै हिन्या रान् ती गउँथलीका बाऊ बूढा । र, उनका अन्सार – भूतपूर्वक पर्दानमन्त्री पुस्पकम्बल दाल पर्चन्नको ‘पिछली, पिछल्लो, पिछल्ला’…धत्तेरिका ! कस्तो हउ, प्राष्टमन्त्री आर्जु राणाको भाकामा मात्तै भन्न आको यो जिब्रालाई ! मेरो मतबल, पर्चन्नको पछिल्लो…हो…. पछिल्लो कार्जेकालमा ह्वाँ इण्डे भर्मनमा गाका ट्याममा इन्ड्यान गोरमेनले दान दिया एत्रा–एत्रा भुसतिग्रे, अल्गा–अल्गा जुरा भका, एएत्रा ह्याकुला र भूस–दानाले थलथल मुर्रा जातका राँगा पनि अब तेतै सुइँकिने सम्भाउना छ पनि भन्थे । देशका बूढा, दुब्लार टाट भका, थारा, रोगले हल्लन् भका भूइँसीका मासुमा ती इण्ड्यान दातब्बेका मुर्राका मासु मिस्किङ गरेर चाइना एस्पोट गर्न पादेखुन् ’नाफै मूला त कुक्कुर नखा’ पनि भन्थे गउँथलिया बाऊले । आखिर इण्ड्यान मुर्रा हाल हाम्रा पर्तेपच्छेका माउबादीका अदच्छेले न ल्याका हुन, ह्वाँले दानमा ल्याका राँगालाई पाल्न हामेरलाई लागिरछ खाँचो ! इण्डेले खोइ ’हामले आपलाई दान दियाहुआ मुर्रा कता गया हाए ?’ भनेर सोद्ने होइन । सोदिहालो भने ‘आपले चाइन्जो ती राँगा पर्चन्नलाई दान दिया है, हामको दिया हाय थोडै, पर्चन्नलाई ही सोदिए’ भन्दा नि माम्लो फिनिस्सिजान्छ क्यारे । एउडा छिमेकी मित्राष्ट इण्डेबड एउडा पर्दानमन्त्रीले भुइँसीका राँगा लेराउने र आर्काे पर्दानमन्त्रीले आर्काे छिमेकी मित्राष्ट चाइनालाई भुइँसीको मासु बेत्ने वा सप्लाइङ गर्ने कुराको रानीतिक ’सिकेन्स’ भनेको ख्याल ’टेसिलो’ हुन्छ त ? रानीतिकको पोल्टिसमा एसरी पो ‘कन्जुगल’ मिल्छ त पनि भन्थे गउँथलीका बाऊ ।”
मैले अझ ठूलो हाब्डो बाएर हाँस्तै भनें –“हो त ।”
उनले अझ उत्साही भएर अझ घोर्ले र उत्ताउलो स्वरमा भने –“अन्तखेरी ती तेसरी नेपालका र इण्डेका भुइँसीको काँचो रेडिमेट मासु खान पाउँदा चिन्या जन्ता पनि हेप्पी हुने भएसि इण्डे चाइनाको नाक्निके जोरीपारी सनबन्दको खाल्डो ठ्याप्प पुरिने ’कन्जुगल’ मिल्छ– मिल्दैन त ? तपइँ नै भन त ! तेसमा पनि इण्ड्यान पर्दानमन्त्री नरेन्द मोधीकै गोठबड दान–दातब्बेमा आको राँगाका समेत मिस्कट ! लु हामेरका मउसुपले यो चइँ कर्म त झन कति बिउटो गरिसेछ कति ! एस चइँ दिष्टिले हामेरका गउँथलीका बाऊले आज बेहानै कोदोप्याट्राले रन्किएर हाँकेका गफ मलाई च्वाँक लागो हउ पाँडेजी, सारै मुन परो गाँठे । र, तपइँलाई छ्यास्स भनिराखम् भन्’र एता पस्या ।…..यो बिस्सो रानीतिकको पोल्टिसमै स्यानो उपलब्दिको ‘टपिक’ हो त ? हेर्लाऊ न, अब यो टपिकलाई अम्रिकान, अफ्रिकान, सुइजारल्यान, लण्डन, साउदी, दुबही जइसा इन्टन्यासिनल घरानाका कन्टीहरले ‘क्या बात– ठ्याङ्कु, भेरी गुट !’ नभनी धर पाउँछन् ?….र, अैले म हिनें पनि । म अति बिज्जी पर्सानालिटिक व्यातित्तो, धन्न एतिबेर बसेर कुरो गर्न भ्याइदें पो यार पाँडेजी !”
उनका लोइताँङे कुरा सुन्न मलाई मज्जा लागिरहेको थियो । र, उनी अझै केहीबेर फुइँकी हाँकिरहुन् भन्ने लागेकाले मैले उनलाई त्यसरी नै थमौति गरें, जसरी प्रचण्ड प्रधानमन्त्री भएका बेला उनले भ्रष्टाचारी सावित भएका मुख्य सचिव शंकर बैरागीको खुत्तिइसकेको जागिर थमौती गराएका थिए । अर्थात्, हरिराम पैसामा सजिलै नचाउन सकिने मनुवा हुन् भन्ने मलाई भलिभाँती थाहा थियो र खल्तीबाट रू.सयको नोट निकालेर देखाउँदै –“लु भन्नोस् त ..” मात्र भनेको थिएँ, उनले ‘कुरो’ बुझिहालेछन् र खिस्स पहेंला दाँत देखाउँदै मलाई उछिनेर भने –“अँ–अँ, तपइँलाई मुनपर्ने र इन्पोरट्यान कुरो त ‘अहिम्सा र विस्सो शान्तिको अर्गदुद बुद्द भग्वान’ भन्ने सुद्दोदन राजाको छोरोको कुरो न हो । तर, हत्ते–हिम्सा नगर्नु भनेर अर्ति– उपदेश दिने उनको मूर्ति त लुम्भिनीमा न छ । देशको शासकधानीमा रिल्यास गर्न पाकाहरले मान्छे त जिउँदै बेत्न इजिलै पाइराख्या छन् भने राँगा–भुइसीलाई मारेर तिनका मासु चोक्ट्या’र खडकुँडोको खडकुँडो बेचे पनि के था पाउँछ तेति टाढाको लुम्भिनीमा भ’को मूर्ति र चिहानहरले, होइन्त ?….. र, अब म याँ आउँदाहुँदी इ एस्सरी नै सइकडा दिने गर्दै जानु क्या ! म ‘मिसिन अएट्टी–फोहोर’–मा रिकोमेन भ’र साम्सत भएसि एतातिर भासण बास्न आका बेला अरू–अन्ने कुरा भासनमै भएभरको गुड्डी हाँकेर खुसी पारिहाल्छु नि – हामेरका ‘बा’–ले जइसइ । ल, अब चइँ इन्द्र्या बाऊ चन्द्रेले रोके पनि मरेकाट्टे रोकिँदिन क्या !”…..
उनी लम्फ्याङ–लम्फ्याङ गइरहेतिर निर्वाक र ट्वाल्ल परेर हेर्नुबाहेक विचरा म, ‘हिजोआजको जनता’, अरू के नै गर्न पो सक्थें र !!…..