१७ विद्यार्थीको अभिभावक बन्दै बाह्रदशी जेसीज « Yalambar Times
२० जेष्ठ २०८२, सोमबार

१७ विद्यार्थीको अभिभावक बन्दै बाह्रदशी जेसीज


यलम्वर टाइम्स
११ जेष्ठ २०८२, शनिबार ०८:१७

बाह्रदशी । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।

अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ ।

बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्कूल व्यागसहित स्टेशनरी सामग्री प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहितले उनीहरुलाई नगद एक हजार रुपैयाँ सहित स्टेशनरी सामग्री प्रदान गरेका थिए ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक वर्ष उनीहरको पढाई खर्च व्यहोर्दै आएको जेसीजले यो वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

अभिभावकत्व ग्रहण गरिएका बालबालिकालाई उच्च शिक्षा अध्ययनमा समेत जिम्मेवारी लिइने बताइएको छ ।

जेसीजले गरेको कार्यक्रमको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष चम्लागाईले समेत दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

जेसीज अधयक्ष तीर्थप्रसाद काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।