अर्जुनधारा । हिंसा र विभेदले मानिसको सामाजिक परिवेशमा क्षति पुग्दै गरेको वडा नं. ११ का अध्यक्ष खगेन्द्र इङ्नामले बताए ।
शुक्रबार मानवअधिकार संरक्षण मञ्चले आयोजना गरेको घरेलु हिंसा तथा लैङ्गिक विभेद सम्बन्धी दुइ दिवसीय तालिमको उद्घाटन गर्दै अध्यक्ष इङ्नामले हिजोआज घरेलु हिंसामा पुरुष पनि देखिएको लैङ्गिक विभेदले एक पक्षीय व्यवहार हुँदा त्यहाँ पनि हिंसा बढ्दै गएको हुँदा यस्ता खाले तालिमले समाधानको बाटो खोज्ने विश्वास राखे ।
कार्यक्रममा वडा सचिव शुसिला मिश्र, नेपाली कांग्रेसका वडासभापति जगत राना, नेकपा एमालेका वडा अध्यक्ष बीरबहादुर राई, माओवादी केन्द्रका बुद्धिलाल चौधरी लगायतले यस्ता खाले तालिम टोल–टोलमा दिन सके न्यूनिकरणको बाटो खुल्ने बताए ।
वडा सदस्य सीता कडेलले स्वागत गरेको कार्यक्रममा सभापति चन्द्रप्रसाद सुवेदीले गरेका थिए । तालिममा महारानीगञ्जका विद्यार्थी सहित प्रत्येक टोलका महिलाहरुको सहभागिता रहेको थियो ।
रीना रानाले सञ्चालन गरेको दुइ दिवसीय तालिममा अग्रज पत्रकार दिपीन राईले घरेलु हिंसा हुनुको कारण र समाधानका विषयमा प्रशिक्षण प्रदान गरेका थिए भने अधिवक्त नरेश खातीले लैङ्गिक विभेदबाट हुने असरका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।