झगडाले ज्यान लियो « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

झगडाले ज्यान लियो


यलम्वर टाइम्स
१८ माघ २०७३, मंगलवार ०६:३३

Murderrपाँचथर / साथी–साथी बीच झगडा हुँदा जिल्लाको प्राङ्बुङ गाविसका एक युवाको ज्यान गएको छ । प्रहरीका अनुसार प्राङ्बुङ–८, बस्ने वर्ष १९ का अजय राई र सोही स्थान बस्ने वर्ष १८ का सुरेन मगर एकापसमा झगडा पर्दा अजयको मृत्यु भएको हो ।

निजहरु दुबै जना आईतबार अपरान्ह छिमेकी गाविस मेमेङ स्थित भञ्ज्याङ बजारमा सामान खरिद गर्न भनि गएका थिए । सोही क्रममा दुबैले अत्याधिक मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा मेमेङ–५ स्थित गैरिपाटी भन्ने स्थानमा झगडा परी स्थानीय सिंचाई कुलोमा दुबै जना लडिरहेको अवस्थामा स्थानीयले भेटेका थिए ।

घटनाबारे खबर पाउँने बित्तिकै ईलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटि घटनास्थल पुग्दा अजयको मृत्यु भईसकेको र अचेत अवस्थामा रहेका सुरेनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी नकुल पोख्रेलले बताए ।

उपचार पछि सामान्य अवस्थामा फर्किएका सुरेनलाई प्रहरी हिरासतमा राखिएको छ भने मृतक अजयको लास पोष्टमाटम पछि सदगदको लागि आफन्तको जिम्मा लगाइएको छ । हिरासतमा रहेका सुरेन उपर कर्तव्य ज्यान अन्तर्गत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान अगाडी बढाएको डिएसपी पोख्रेलले जानकारी दिए ।