अर्जुनधाराको शिखर टोलमा स्वास्थ्य कार्यालय बन्दै « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधाराको शिखर टोलमा स्वास्थ्य कार्यालय बन्दै


यलम्वर टाइम्स
१ जेष्ठ २०७४, सोमबार ०५:५६

5अर्जुनधारा / स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि रोगीहरु दुःख नपाउन भन्ने उद्देश्यले अर्जुनधारा वडा नं. ६ शिखर टोलमा खोप तथा गाउँघर क्लिनिकको कार्यालय बन्ने भएको छ ।

बिहीबार निःशुल्क जग्गा दिनुहुने स्थानीय जग्गा दाता कमल आचार्यका आमा र श्रीमतीलाई प्राथमिक स्वास्थ्य केन्द्रले सम्मान गर्दै उक्त ठाउँमा कार्यालय सञ्चालनका लागि शिलन्यास समेत गरिएको थियो । आचार्यले ९ धुर जग्गा (२७ लाख मूल्य बराबरको) दान दिएका थिए ।

उक्त ठाउँमा २ लाख १० हजार सरकारी अनुदान र अन्य सहयोग रकम गरी ११ लाख रुपैयाँमा ४ कोठे भवन बन्न लागेको सिनियर अहेव अधिकृत मुकुन्द बस्नेतले जानकारी दिए ।

वरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसुधन कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राथमिक उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष भूवनेश्वर शिवाकोटी, उपचार केन्द्रका डा. मोदनाथ संग्रौला, नगरपालिकाका प्रतिनिधि प्रदिप पुरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले जग्गा दातालाई बधाई दिँदै यस क्षेत्रका बालबालिकाहरुका लागि मात्र नभई वृद्ध तथा गर्भवती महिलाहरुका लागि भरपुर सेवा पुग्ने बताए ।

खोप तथा गाउँघर क्लिनिकका अध्यक्ष सरस्वती थापाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश मुकुन्द बस्नेत र कार्यक्रम सञ्चालन सुजता कार्कीले गरेकी थिइन् ।

उक्त ठाउँमा प्रत्येक महिनाको ५ गते खोप, १६ गते गर्भवती जाँच, परिवार नियोजनका अस्थायी साधन, पोषण कार्यक्रम तथा सामान्य उपचार र परामर्श केन्द्र सञ्चालन रहने जानकारी दिए ।