नीति बनाएर अगाडि बढ्छौं « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

नीति बनाएर अगाडि बढ्छौं


यलम्वर टाइम्स
७ श्रावण २०७४, शनिबार १०:५१

अर्जुनधारा / अर्जुनधारा नगरपालिकाका उपमेयर कमला आचार्यले नगरमा देखिएका समस्यालाई नीति बनाएर अगाडि बढ्ने बताएकी छिन् ।

उपमेयर आचार्यसँगको एक भेटमा उनले बर्खाको समय भएको हुँदा जताततै तारजाली र ढुंगाको माग बढेको हुँदा हाललाई रोकथामका उपायमा जाँदै आउने समयमा अग्रिम नीति बनाएर अगाडि बढ्ने बताए ।

उनले कानून बनाउन परिषदको आवश्यक भएको हुँदा हामी अहिले कानूनको अध्ययन गर्दै ज्ञान लिइरहेका छौं । त्यसपछि कानून बनाएर न्यायिक कार्यहरुको छलफल अगाडि बढाउने समेत उपमेयर आचार्यले बताइन् ।