खड्का दाम्पतिको स्मृतिमा नन्ददासी मातालाई सम्मान « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

खड्का दाम्पतिको स्मृतिमा नन्ददासी मातालाई सम्मान


यलम्वर टाइम्स
७ श्रावण २०७४, शनिबार १०:५३

अर्जुनधारा / अर्जुनधारा जलेश्वरधामका संरक्षक देवी÷जुना खड्काको छैठौं पुन्य स्मृतिमा राधाकृष्ण मन्दिरकी संस्थापक तथा संरक्षक नन्ददासी खनाललाई नगद सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।

अर्जुनधारा जलेश्वरधाममा एक कार्यक्रमको आयोजना गर्दै खनाललाई सम्मान गरिएको हो । रुद्राभिषेक सहित स्वस्ति वाचन गर्दै सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि धामका संरक्षक तथा पूर्व अध्यक्ष मोहनप्रसाद शिवाकोटी रहेका थिए ।

धामका कार्यवाहक अध्यक्ष चन्द्रकला भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा परिवारका विकास खड्का, विपना कार्की, हेमराज कार्की, अनिता खड्का, वर्षा खड्का, पार्वता सुवेदी, चित्रसेन भण्डारी लगायतको आतिथ्य रहेको थियो ।

धाम उपाध्यक्ष भिमचन्द्र भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव विष्णु निरौलाले गरेका थिए ।