दुले चोरको बिगबिगी « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

दुले चोरको बिगबिगी


यलम्वर टाइम्स
७ श्रावण २०७४, शनिबार ११:०३

पुरुषोत्तम पौडेल

अर्जुनधारा / अर्जुनधारा वडा नं. ७ मा एकै दिन तीन ठाउँमा चोरी भएको छ ।

बुधबार भएको चोरी काण्डमा जरुवा टोल निवासी सीता कार्कीको घरबाट थाल, बटुका, चाँदीको पाउजु लगेका छन् भने भक्ति पौडेलको घरबाट पनि मोवाईल, झोला सहित अति आवश्यक कागज सहित नगद ५ हजार लगेको छ ।

त्यसै दिन लेखनाथ प्रसाईको घरमा पनि चौरी भएको छ । राति सुतिरहेको अवस्थामा झ्यालबाट हात लम्काई एक थान आईफोन र १५ हजार लगेका छन् ।

केही दिन अगाडि रमाइलो बस्तीका रमेश सुब्बाको घरबाट सिलिङमा राखिएका सखुवाको काठ समेत चोरी भएको छ ।