सामाजिक ब्यक्तित्व गुरुङ्गको बिदाई « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

सामाजिक ब्यक्तित्व गुरुङ्गको बिदाई


यलम्वर टाइम्स
१९ कार्तिक २०७४, आईतवार ०८:४४

काँकडभिट्टा । सामाजिक ब्यक्तित्व तथा नेपाल ओलाम्पीक कमिटिका सदस्य पुष्पा गुरुङ्गलाई आईताबार विभिन्न सघ सस्थाहरुले बिदाई गरेका छन् ।

अठोट नेपालका अध्यक्ष समेत रहेका गुरुङ्गलाई आफ्नै निवासमा बिभिन्न सघसस्थाहरुले कार्यक्रम गरि बिदाई गरेका हुन् । हङ्गकङ्ग निवासी गुरुङ्गलाई काँकडभिट्टा भेट्रान फुटबल क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर, जेष्ठ नागरिक समाज मेचीनगर र तमु छाँेज धिँ गुरुङ्ग राष्ट्रिय परिषद् लगायतले खदा पहिर्याई यात्राको शुभकामना व्यक्त गरेका थिए ।

बिदेशमा रहेर पनि गुरुङ्गले यस क्षेत्रमा हुने खेलकूद, बालबालिका, बाढीपिडीत, जेष्ठ नागरिक लगायतका बिभिन्न खालका गतिविधिमा भरपुर योगदान पुर्याउदै आएको कुरा काँकडभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले बताए ।