माई नगरपालिकामा आयुर्वेद शिविर, माई नगरपालिकाका साथै झापाका जनता पनि लाभान्वित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

माई नगरपालिकामा आयुर्वेद शिविर, माई नगरपालिकाका साथै झापाका जनता पनि लाभान्वित


यलम्वर टाइम्स
११ माघ २०७४, बिहीबार ०९:२८

[नमिन ढकाल]

दानाबारी । पछिल्लो समय मानिसहरुमा आयुर्वेद चिकित्साप्रति आर्कषण बढदै गएको छ । आधुनिक जीवनशैली र विषादीयुक्त खानपानले मानिसहरुमा नसर्ने अवुर्द रोगले बढी सताउन थालेपछि मानिसहरुमा एलोपेथिकभन्दा आयुर्वेदिकमा सर्वसाधारणको चासो र आर्कषण बढन थालेको हो ।

आयुर्वेद विभाग मेची अञ्चलको आयोजना तथा माई नगरपालिकाको सहयोगमा मंगलबार माई नगरपालिका–२ सितली इलाममा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जसमा माई नगरका साथै झापाबाट समेत ५ सयभन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् ।

इलाम क्षेत्र नं. १ को ‘ख’ का प्रदेशसभा सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको सो शिविरमा झापा तथा इलामका स्वास्थ्य चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

आयुर्वेद विभाग मेची अञ्चलका प्रमुख खगेन्द्र पौडेलका अनुसार बर्षमा एक चोटी जिल्लामा गरिने ठूलो स्वास्थ्य शिविरको कार्यक्रम अनुसार इलाम जिल्लाको गरुवा बहुमुखी क्याम्पसमा शिविर राखिएको हो ।

शिविरमा सबै प्रकारका चेक जाँच गरी बिरामीहरुलाई आयुर्वेद पद्धती अनुसार औषधी उपचार गर्नुका साथै सचेतना समेत दिइएको बताए । स्वास्थ्य शिविरमा डा. रामकृष्ण आर्चाय, केनिन राई लगातयको आयुर्वेद चिकित्सक टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

सो क्षेत्रमा कुनै पनि आयुर्वेद औषधालय नहुँदा सेवा लिनका लागी ३० किलोमिटर टाढा झापा जिल्लाको विर्तामोडसम्म पुगेर सेवा लिनुपर्दा सर्वसाधारण आयुर्वेदिक भन्दा पनि एलोपेथिक औषधी सेवन तथा उपचार विधि प्रयोग गर्न बाध्य हुनुपरेको माइ नगरपालिका–२ का वडाध्यक्ष खम्बसिंह लिम्बुले बताए ।